कुल आचार्यले भनेः चुनाव धाँदली भयो



हाम्रो इकोनोमि

 

 

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा पराजित उम्मेदवार कुल आचार्यले मतदानलगायत विभिन्न प्रक्रियामा अनियमितता भएको दाबी गरेका छन् । यद्यपि ‘ठूलो छाति बनाएर’ नतिजा स्वीकार्ने उनले बताएका छन् ।

चुनावी परिणाम सार्वजनिक भएपछि जारी गरेको विज्ञप्तिमा आचार्यले मतदान प्रक्रियामा विभिन्न प्रश्न उठाएका हुन् । अन्तिम मतदाता नामावली प्रकाशन नगरिकनै उम्मेदवारी दर्ता गरेर धेरै फर्जी मतदाताहरु तयार गरिएको उनको आरोप छ ।

आचार्यले थप भनेका छन्, ‘चुनाव सम्पन्न भइसकेपछि पनि कति मत खस्यो भन्ने विवरण सार्वजनिक गरिएन । विना मुचुल्का मतगणना शुरु गरियो । नेपाल फर्कीसकेका सैयौं व्यक्तिहरुलाई मतदाता नामावलीमा समावेश गरी योजनावद्ध ढंगले मतदान प्रक्रियामा सहभागी गराइयो ।’

यसअघिका उपाध्यक्ष रहेका आचार्यले काठमाडौंमा एनआरएन सचिवालयको अनियमितता देखेर दुख लागेको पनि बताएका छन् । सबै कामहरु रातरात अनियमित रुपले अगाडी बढाइएको जान्दाजान्दै संस्थाको बृहत् हितलाई ध्यानमा राखेर आफूले संयम अपनाएको उनको भनाइ छ ।

‘यी सबै अनियमतिताहरुलाई सहँदै, मेरो छाती ठूलो बनाउंदै, विभिन्न कानूनी प्रक्रियामा जान सक्ने अवस्था हुँदाहुँदै पनि म एनआरएनएको बृहत्तर हितकालागि अस्वभाविक भएपनि प्रक्रिया स्वीकार्दै भविष्यमा पनि निरन्तर रुपमा क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गर्दछु,’ आचार्यले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...