कुल आचार्यले भनेः चुनाव धाँदली भयो



हाम्रो इकोनोमि

 

 

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा पराजित उम्मेदवार कुल आचार्यले मतदानलगायत विभिन्न प्रक्रियामा अनियमितता भएको दाबी गरेका छन् । यद्यपि ‘ठूलो छाति बनाएर’ नतिजा स्वीकार्ने उनले बताएका छन् ।

चुनावी परिणाम सार्वजनिक भएपछि जारी गरेको विज्ञप्तिमा आचार्यले मतदान प्रक्रियामा विभिन्न प्रश्न उठाएका हुन् । अन्तिम मतदाता नामावली प्रकाशन नगरिकनै उम्मेदवारी दर्ता गरेर धेरै फर्जी मतदाताहरु तयार गरिएको उनको आरोप छ ।

आचार्यले थप भनेका छन्, ‘चुनाव सम्पन्न भइसकेपछि पनि कति मत खस्यो भन्ने विवरण सार्वजनिक गरिएन । विना मुचुल्का मतगणना शुरु गरियो । नेपाल फर्कीसकेका सैयौं व्यक्तिहरुलाई मतदाता नामावलीमा समावेश गरी योजनावद्ध ढंगले मतदान प्रक्रियामा सहभागी गराइयो ।’

यसअघिका उपाध्यक्ष रहेका आचार्यले काठमाडौंमा एनआरएन सचिवालयको अनियमितता देखेर दुख लागेको पनि बताएका छन् । सबै कामहरु रातरात अनियमित रुपले अगाडी बढाइएको जान्दाजान्दै संस्थाको बृहत् हितलाई ध्यानमा राखेर आफूले संयम अपनाएको उनको भनाइ छ ।

‘यी सबै अनियमतिताहरुलाई सहँदै, मेरो छाती ठूलो बनाउंदै, विभिन्न कानूनी प्रक्रियामा जान सक्ने अवस्था हुँदाहुँदै पनि म एनआरएनएको बृहत्तर हितकालागि अस्वभाविक भएपनि प्रक्रिया स्वीकार्दै भविष्यमा पनि निरन्तर रुपमा क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गर्दछु,’ आचार्यले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...