कांग्रेसले भ्रष्टाचार जन्मायो, हुर्कायो र संस्थागत गर्‍यो : शान्ता चौधरी



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी संसदीय दलकी सचेतक शान्ता चौधरीले देशमा भ्रष्टाचार जन्माउने पार्टी नेपाली कांग्रेस भएको आरोप लगाएकी छन्। सरकारले संसदमा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै चौधरीले भ्रष्टाचारको मूल नै कांग्रेस भएको दाबी गरिन्।

‘यो देशलाई अहिलेको अवस्थामा कसले पुयायो? कांग्रेसले भ्रष्टाचार जन्मायो, हुर्कायो र संस्थागत गर्‍यो’, उनले भनिन्, ‘कांग्रेसले नै भूमाफिालाई संरक्षण गर्यो । बालुवाटार कांग्रेसले नै बेचेको हो। सुवर्ण शमशेरले यसलाई बेचेका हुन्। नेकपाको सरकारले सरकारी जग्गा फिर्ता ल्याउन जुटिरहेको छ।’ चीन-नेपालबीच यातायातसहित पारवहन पोर्टोकलमा भएको सम्झौताले अब नेपालले एउटै छिमेकीसँग मात्रै भर पर्नुपर्ने अवस्था हटेको उनको दाबी थियो। नेकपा नेतृसमेत रहेकी चौधरीले सरकारले राम्रा कार्यक्रम ल्याउँदा कांग्रेस रोइरहेको बताइन्।

‘सरकार रोजगारी बढाउने कार्यक्रम ल्याउँछ, तर प्रतिपक्षी रुन्छ’, उनले भनिन्, ‘यो रोदन अर्को चोट भोट गुम्ने डरले हो।’ नेतृ चौधरीले विगतदेखि देश लुटेकाहरुको अहिले रुवाबासी भएको पनि बताइन्। ‘विगतदेखि देश लुट्न आँखा चम्काउने र हात लम्काउनेहरुको अहिले रुवाबासी भएको छ’, उनले थपिन्, ‘सरकारले एक्सन लिँदै जाँदा अझै रुवाबासी हुन्छ।’ राष्ट्रपति हेलिकोप्टरमा चढेर कार्यक्रममा जाँदा आलोचना गर्नेहरुलाई उनले कटाक्ष गरिन्। ‘देशकी संरक्षक राष्ट्रपति कार्यक्रम जाँदा हेलिकोप्टर नचढेर के बयलगाडामा जानु?’, उनले प्रश्न गरिन्, ‘राष्ट्रपतिले मेरो संसदमा मेरो सरकार भन्दा हुर्मत लिन खोजियो। यो मेरो, हाम्रो र नेपालीको सरकार नभए कसको त? राष्ट्रपतिको चाहिँ होइन?’

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...