महराले भने रोशनीको डेरामा गएको हुँ



हाम्रो इकोनोमि

 

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सभामुख कृष्णबहादुर महरालाई प्रहरीले अझै औपचारिक रुपमा बयान लिएको छैन ।

गत १९ असोजमा पक्राउ परेका महरालाई गत मंगलवार अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो ।

पक्राउ परेको ११ दिन बितिसक्दापनि महराको औपचारिक बयान अझै शुरु भएको छैन । प्रहरीले भने महरा बिरामी परेका कारण वयान लिर्न नसकिएको बताएको छ ।

अदालतले अनुसन्धानको लागि प्रहरीलाई दिएकोे म्याद सकिन अब एक दिनमात्र बाँकी छ । तर, काठमाडौं प्रहरीले उनको बयान भने नसकिएको जनाएको छ । प्रहरी स्रोतका अनुसार महराले रोशनी शाहीको कोठामा गएकोे प्रारम्भिक सोधपुछका क्रममा स्वीकार गरेपनि सम्पूर्ण बयान भने सकिएको छैन ।

‘हामीले सामान्य सोधपुछ गरेका छौ, रोशनी भेट्न गएको हो भनेर स्वीकार गर्नुभएको छ । बाँकी बिरामीका कारण सोधपुछकै क्रममा छौं,’ प्रहरी स्रोतले भन्यो ।

महरालाई काठमाडौं जिल्ला अदालतले मंगलबार थुनामै राखेर अनुसन्धान गर्न भन्दै १३ दिनको समय दिएको थियो । महरा १९ असोजमा बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...