कर जनप्रतिनिधिको मोजमस्तीको लागि होइन : पूर्वअर्थमन्त्री पाण्डे



हाम्रो इकोनोमि

 

पूर्वअर्थमन्त्री तथा नेकपा स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले जनताले तिरेको कर जनप्रतिनिधिको मोजमस्तीको लागि नभएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले दसैँतिहार तथा छठको अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वअर्थमन्त्री पाण्डेले बेलायती राजनीतिक इतिहासको उदाहरण दिँदै कर कसैलाई मोजमस्ती गर्नको लागि नभएको बताएका हुन् । उनले बेलायतमा लोकतान्त्रिक आन्दोलन चलिरहेको समयमा जनताले जिताएका प्रतिनिधिले शासनसत्ता नचलाएसम्म नागरिकले सरकारलाई कर तिर्देनौं नो ट्याक्सको आन्दोलन चलाएको सन्दर्भ प्रस्तुत गरे ।

उनले भने, ‘भाषणले मात्र देशमा समृद्धि आउँदैन, विकासका लागि पैसा चाहिन्छ । जसको कारणले राज्यले कर उठाउनु बाध्यता हो तर जनताले तिरेको कर मोजमस्तीमा खर्च गरिनु हुँदैन । ’ सरकारले कर तिम्रो लागि यसकारणले उठाइएको हो भन्ने स्पष्ट पार्नुपर्ने पूर्वअर्थमन्त्री पाण्डेले विचार राखे । सरकारले अहिले उठाइरहेको अनावश्यक करको औचित्य पुष्टि गर्न उनले सरकारलाई अनुरोध पनि गरे । हिजो क्रान्ति र आन्दोलनका च्याम्पियन बनेका नेताहरु अब देश निर्माणका च्याम्पियन बन्नुपर्ने उनको विचार थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...