यी हुन् संसारकी सबैभन्दा सुन्दर बालिका



हाम्रो इकोनोमि

 

विश्वका धेरै देशहरूमा सुन्दर तथा बुद्धिमान मानिसहरुको खोजीमा हरेक वर्ष अनेक खालका प्रतियोगिताहरु आयोजना गरिँदै आएका छन् ।

तर कहिलेकाहीँ प्रतियोगिता नहुँदा पनि दुनियाँकै सबैभन्दा सुन्दर मान्छे भेटिँदा रहेछन् । हालै रुसमा एकजना यस्ती बालिका फेला परेकी छन् जसलाई संसारकै सबैभन्दा सुन्दर बालिका भन्न थालिएको छ ।

६ वर्षकी ती बालिकाले ४ वर्षको उमेरदेखि नै मोडलिङ गर्न थालेकी हुन् ।

यी बालिकाको नाम यलिना यकूपोवा हो । उनी ६ वर्षको उमेरमै सेलिब्रेटी बनिसकेकी छिन् । उनको इन्स्टाग्राममा हजारौँ फलोअर्स पुगिसकेका छन् । उनले इन्स्टाग्राममा राख्ने तस्वीरहरुमा हजारौँ लाइक्स प्राप्त हुन्छन् । उनका फ्यानहरु केवल रुसका मात्र नभै अमेरिका, बेलायत, जर्मनी लगायतका पश्चिमा देशहरुका पनि थुप्रै छन् । उनका फ्यानले उनलाई विश्वकै सबैभन्दा क्यूट बच्चीको उपाधि दिइरहेका छन् । उनका तस्वीर हेर्दा पनि उनी साँच्ची क्यूट देखिन्छिन् ।

रुसको मस्कोकी बासिँदा यलिनाले अहिलेसम्म कैयन् फेसन क्याम्पेनमा भाग लिइसकेकी छिन् । उनले बच्चाका कपडाको चर्चित ब्राण्ड मोनालिसा किड्स र ग्लोरिया जिन्सका लागिसमेत विज्ञापनमा अभिनय गरिसकेकी छिन् । जसमा उनको प्रस्तुति बेजोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...