यी हुन् संसारकी सबैभन्दा सुन्दर बालिका



हाम्रो इकोनोमि

 

विश्वका धेरै देशहरूमा सुन्दर तथा बुद्धिमान मानिसहरुको खोजीमा हरेक वर्ष अनेक खालका प्रतियोगिताहरु आयोजना गरिँदै आएका छन् ।

तर कहिलेकाहीँ प्रतियोगिता नहुँदा पनि दुनियाँकै सबैभन्दा सुन्दर मान्छे भेटिँदा रहेछन् । हालै रुसमा एकजना यस्ती बालिका फेला परेकी छन् जसलाई संसारकै सबैभन्दा सुन्दर बालिका भन्न थालिएको छ ।

६ वर्षकी ती बालिकाले ४ वर्षको उमेरदेखि नै मोडलिङ गर्न थालेकी हुन् ।

यी बालिकाको नाम यलिना यकूपोवा हो । उनी ६ वर्षको उमेरमै सेलिब्रेटी बनिसकेकी छिन् । उनको इन्स्टाग्राममा हजारौँ फलोअर्स पुगिसकेका छन् । उनले इन्स्टाग्राममा राख्ने तस्वीरहरुमा हजारौँ लाइक्स प्राप्त हुन्छन् । उनका फ्यानहरु केवल रुसका मात्र नभै अमेरिका, बेलायत, जर्मनी लगायतका पश्चिमा देशहरुका पनि थुप्रै छन् । उनका फ्यानले उनलाई विश्वकै सबैभन्दा क्यूट बच्चीको उपाधि दिइरहेका छन् । उनका तस्वीर हेर्दा पनि उनी साँच्ची क्यूट देखिन्छिन् ।

रुसको मस्कोकी बासिँदा यलिनाले अहिलेसम्म कैयन् फेसन क्याम्पेनमा भाग लिइसकेकी छिन् । उनले बच्चाका कपडाको चर्चित ब्राण्ड मोनालिसा किड्स र ग्लोरिया जिन्सका लागिसमेत विज्ञापनमा अभिनय गरिसकेकी छिन् । जसमा उनको प्रस्तुति बेजोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...