विवाह नगरी बस्ने महिलाले अविवाहित भत्ता पाउने



हाम्रो इकोनोमि

 

डोटीको दिपायल सिलगढी नगरपालिकाले अविवाहित भत्ता दिने भएको छ । ५० वर्षसम्म बिहे नगरी एकल जीवन बिताइरहेका नगर भित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो । नगरपालिकाको आर्थिक वर्ष २०७६, ०७७ को नीति कार्यक्रम तथा बजेटमार्फत उक्त कार्यक्रमलाई अगाडी बढाउन पहल सुरु भएको दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले जानकारी दिइन् ।

पाँचौ नगरसभामा प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा अविवाहित महिलालाई भत्ता दिने बुँदा समेटिएको छ। जसमा ५० वर्षसम्म बिहे नगरी एकल जीवन यापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्म सामाजिक सुरक्षा भत्ता नगरपालिकाले प्रदान गर्ने र उनीहरुलाई सीपमुलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिइने नीति नगरपालिकाले लिएको छ ।

त्यसका लागि नगरपालिका भित्र ५० वर्षसम्म बिहे नगरी बसेका महिलाको तथ्यांक संकलनका लागि कार्यविधि तयार पार्न लागिएको नगरपालिकाले जनाएको छ । उक्त कार्यक्रम आगामी मंसिरदेखि सुरु हुने नगरप्रमुख मलासीको भनाई छ । त्यसको लागि कार्य विधि तयार गर्ने काम भइरहेको छ । यसअघि बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिएको थियो । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय २०७५ भदौंमा गरेको थियो । दिपायल सिलगढी नगरपालिकाले भने नौलो कामको सुरुवात गरेको हो ।

प्रतिक्रिया दिनुहोस
संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु हुदैन : गगन थापा

     नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा...

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्...

प्रेस स्वतन्त्रता हनन हुदैन : सञ्चारमन्त्री

    सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने...

ब्लु बसभन्दा व्यवस्थापन र गुणस्तरमा सुधार गरियोस् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको...