विवाह नगरी बस्ने महिलाले अविवाहित भत्ता पाउने



 

डोटीको दिपायल सिलगढी नगरपालिकाले अविवाहित भत्ता दिने भएको छ । ५० वर्षसम्म बिहे नगरी एकल जीवन बिताइरहेका नगर भित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो । नगरपालिकाको आर्थिक वर्ष २०७६, ०७७ को नीति कार्यक्रम तथा बजेटमार्फत उक्त कार्यक्रमलाई अगाडी बढाउन पहल सुरु भएको दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले जानकारी दिइन् ।

पाँचौ नगरसभामा प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा अविवाहित महिलालाई भत्ता दिने बुँदा समेटिएको छ। जसमा ५० वर्षसम्म बिहे नगरी एकल जीवन यापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्म सामाजिक सुरक्षा भत्ता नगरपालिकाले प्रदान गर्ने र उनीहरुलाई सीपमुलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिइने नीति नगरपालिकाले लिएको छ ।

त्यसका लागि नगरपालिका भित्र ५० वर्षसम्म बिहे नगरी बसेका महिलाको तथ्यांक संकलनका लागि कार्यविधि तयार पार्न लागिएको नगरपालिकाले जनाएको छ । उक्त कार्यक्रम आगामी मंसिरदेखि सुरु हुने नगरप्रमुख मलासीको भनाई छ । त्यसको लागि कार्य विधि तयार गर्ने काम भइरहेको छ । यसअघि बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिएको थियो । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय २०७५ भदौंमा गरेको थियो । दिपायल सिलगढी नगरपालिकाले भने नौलो कामको सुरुवात गरेको हो ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्