पश्चिम सेती र माथिल्लो कर्णाली सरकार आफैंले बनाउनुपर्छ : नेकपा प्रदेश अध्यक्ष कर्ण थापा



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुदूरपश्चिम प्रदेश कमिटीले पश्चिम सेती र माथिल्लो कर्णाली जलविद्युत परियोजना आफैं बनाउन सरकासँग माग गरेको छ।

प्रदेश कमिटी इन्चार्ज भीम रावल र स्थायी कमिटी सदस्य लेखराज भट्टको उपस्थितीमा बसेको प्रदेश कमिटीको दोस्रो बैठकले स्पष्ट नीति बनाएर दुइटै आयोजना नेपाल आफैंले बनाउनुपर्ने निर्णय गरेको हो।

निर्णयको ५ नम्बर बुँदामा भनिएको छ, ‘धेरै लामो समयदेखि चर्चामा रहेर विभिन्न संस्थाले निर्माण गर्ने समेत भनिएको पश्चिम सेती जलविद्युत आयोजनाको भविष्य अनिश्चित देखिएकोले सो परियोजनालाई स्पष्ट नीतिका साथ निर्माण गर्ने कार्ययोजनाबारे निर्णय गर्न बैठक माग गर्दछ।’

बैठकले भारतीय कम्पनी जीएमआरसँगको सम्झौता नवीकरण नगरेर माथिल्लो कर्णाली सरकार आफैंले बनाउनुपर्ने माग समेत गरेको छ।

माथिल्लो कर्णाली जलविद्युत आयोजना लामो समयदेखि निर्माण गरिने चर्चा हुँदै जीएमआर कम्पनी संलग्न भएको ११ वर्ष तथा त्यस कम्पनीसँग आयोजना विकास सम्झौता भएको पाँच वर्ष भइसक्दा पनि निर्माण कार्य अघि नबढेकोमा बैठकले चिन्ता समेत प्रकट गरेको छ।

‘आयोजना विकास सम्झौता अनुसार एक वर्षभित्र उक्त कम्पनीले वित्तीय व्यवस्थापन गरिसक्नु पर्नेमा हालसम्म त्यो काम गरिएको छैन। सम्झौताको प्रावधान अनुसार जीएमआर कम्पनीसँगको उक्त सम्झौता स्वतः भंग हुनुपर्ने हो’, निर्णयमा भनिएको छ, ‘अतः सम्झौतको प्रावधान विपरित वित्तीय व्यवस्थापनको म्याद पुनः नथपी नेपाल सरकार स्वयं माथिल्लो कर्णाली आयोजना अगाडि बढाओस्।’

बैठकले दार्चुलाको टिंकर तथा बझाङ्गको उरै नाकाबाट चीनसँगको यातायात सम्पर्कलाई खोल्नको लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न पनि माग गरेको छ।

बैठकमा प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा, प्रदेश कमिटीका सह इन्चार्ज खगराज भट्ट, भानुभक्त जोशी र लक्ष्मणदत्त जोशी लगायतले आ आफ्नो धारणा राखेका थिए।

 

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...