ओली–प्रचण्डको यस्तो निर्णय, यी ८ मन्त्रीहरुको पद धरापमा



हाम्रो इकोनोमि

 

लामो समय देखि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्को सरकारमा रहेका मन्त्रीहरु हेरफेर गर्ने चर्चा भइरहेको थियो । अब भने यो कुरा लगभग अन्तिम चरणमा पुगेको बताइएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरिरहेको खुल्न आएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लाग्नु भएको हो ।

विशेष स्रोत भन्छ, ‘ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झण्डै दुईघन्टा वार्ता गर्नुभयो ।’ पद धरापमा पर्ने मन्त्रीहरुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, खानेपानी तथा सरसफाइमन्त्री बिना मगर, अर्थमन्त्री युवराज खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबीर महासेठको नाम रहेको बुझिएको छ ।

शिवमाया तुम्बाहाम्फेलाई प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिन लगाई मन्त्री बनाउने तयारी भइरहेको पनि खुलासा भएको छ । ओलीले सोमबारै उपसभामुखसँग राजीनामाका विषयमा छलफल गरी मन्त्री पदका लागि तयारी अवस्थामा बस्न भनेको बताइन्छ । कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । यो पद अन्यलाई नछाड्न नेकपाले उपसभामुखलाई राजीनामा गराउन लागेको हो । सभामुख र उपसभामुख एकै दलबाट बन्न नपाइने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...