ओली–प्रचण्डको यस्तो निर्णय, यी ८ मन्त्रीहरुको पद धरापमा



हाम्रो इकोनोमि

 

लामो समय देखि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्को सरकारमा रहेका मन्त्रीहरु हेरफेर गर्ने चर्चा भइरहेको थियो । अब भने यो कुरा लगभग अन्तिम चरणमा पुगेको बताइएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरिरहेको खुल्न आएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लाग्नु भएको हो ।

विशेष स्रोत भन्छ, ‘ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झण्डै दुईघन्टा वार्ता गर्नुभयो ।’ पद धरापमा पर्ने मन्त्रीहरुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, खानेपानी तथा सरसफाइमन्त्री बिना मगर, अर्थमन्त्री युवराज खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबीर महासेठको नाम रहेको बुझिएको छ ।

शिवमाया तुम्बाहाम्फेलाई प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिन लगाई मन्त्री बनाउने तयारी भइरहेको पनि खुलासा भएको छ । ओलीले सोमबारै उपसभामुखसँग राजीनामाका विषयमा छलफल गरी मन्त्री पदका लागि तयारी अवस्थामा बस्न भनेको बताइन्छ । कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । यो पद अन्यलाई नछाड्न नेकपाले उपसभामुखलाई राजीनामा गराउन लागेको हो । सभामुख र उपसभामुख एकै दलबाट बन्न नपाइने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...