सरकारी वकिलको कार्यालय पुर्‍याइए महरा



हाम्रो इकोनोमि

 

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ ।

मंगलबार साढे ११ बजे उनलाई सरकारी वकिलको कार्यालमा लगिएको हो । उनीमाथि थप अनुसन्धानका लागि म्याथ थपको माग गर्ने तयारी गरिएको छ ।

गत असोज १९ गते आइतबार पक्राउ परेकाउ उनलाई बीचमा दशैं विदा तथा अदालत बन्द भएका कारण उनलाई आज अदालत उपस्थित गराइएको हो जानकारी दिएको हो ।

दशैं विदा सकिएपछि हिजो सोमबार उनलाई अदालत उपस्थित गराइने तयारी गरिएकोमा हिजो पनि अदालत अदालत बन्द भएका कारण उनलाई आज अदालत उपस्थित गराउन लागिएको हो ।

महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई करणी गरेको आरोप लागेको छ । महिलामाथि गरेको यो दुर्व्यवहारको घटना सार्वजनिक भएपछि महराले त्यसको भोलिपल्टै नैतिकताका आधारमा सभामुख पदबाट राजीनामा दिएका थिए ।

प्रहरी थुनामा रहेका महराको स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भिक अस्पतालमा भर्ना गरि उपचार भइरहेको छ । नर्भिकमै उपचाररत महरालाई प्रहरीले आज अदालतमा उपस्थित गराउने छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...