काङ्ग्रेसबाट निर्वाचित वडा सदस्य नै जुवाको खाल बाट पक्राउ



हाम्रो इकोनोमि

 

बुढानिलकण्ठ नगरपालिकामा नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा एक वडा सदस्य जुवाको खाल बाट पक्राउ परेका छन। बुढानिलकण्ठ प्रहरी प्रभागका प्रहरी निरीक्षक भुपेन्द्र गिरिको नेतृत्वमा गएको टोलिले बुढानिलकण्ठ नगरपालिका वडा -४ बाट निर्वाचित वडा सदस्य शिवराम भन्डारीलाई जुवा खेलिरहेका अवस्थामा प्रकाउ गरेको थियो । २०७६।०६।२६ गते बेलुकी अन्दाजी २२ः५० बजेको समयमा जिल्ला काठमाण्डौ बूढानीलकण्ठ न.पा. वडा नं. ४ स्थित भसमथली क्वाटोलमा रहेको उत्तम कुईकेलको घरमा जुवा खेली रहेको भन्ने प्राप्त खवरको आधारमा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका कार्यालय प्रमुख प्रहरी निरीक्षक भुपेन्द्र गिरीको कमाण्डमा गएको टोलीले जुवा (कौडा) खेली रहेको अवस्थामा भन्डारी सहित उत्तम कुईकेल ,कृष्ण खत्री , प्रेम दुलाल ,नारायण खत्री रोहित खत्री सुरेन्द्र श्रेष्ठ, नारायण भण्डारी, वालकृष्ण श्रेष्ठ, हरि प्रसाद डंगोल सहित ११ जनालाई फेला पारी नगद रु ४,१०,०१५।–(चारलाख दश हजार पन्द्र मात्र), खेलमा प्रयोग गरेको कौडा र तास सहित नियन्त्रणमा लिई थप कारबाहीको लागी मनप्र बृत्त महाराजगंज पठाईएको ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...