पूर्व नेपाल सुन्दरी नग्माको दशैंको रात, कुखुराको ग्रेभी र आलुतामासँग भात



हाम्रो इकोनोमि

 

२0१७ की पूर्व नेपाल सुन्दरी नग्मा श्रेष्ठको दशैँ यस पटक बिश्व कै सम्राट राज्य न्यू योर्कमा हुने भएको छ । श्रेष्ठ मिस नेपाल यूएसको कार्यक्रम प्रस्तोता तथा प्रतियोगीहरुलाई प्रशिक्षण (कोरियोग्राफर)समेतदिनु पर्ने हुनाले अक्टोबर ९ मा नेब्रास्का प्रस्थान गर्ने बताईन । ईनेप्लिजका विजय थापाका अनुसार दशैको पाँच दिन मध्ये अन्य दिन तालिम मै व्यस्त हुने कार्यक्रम रहेको जानकारी दिएकी छिन् ।

दशैमा कुन खाना मन पर्ने भनि राखिएको जिज्ञाशामा आफू नेवा समुदायको भएकोले नेवा समुदायका बिभिन्न परिकारका खाना, त्यसमा पनि कुखुराको बाक्लो झोल (ग्रेवी )र भात मन पर्ने रहेको बताईन । उनले थप्दै भनिन आलुको अचार,आलु तामा ,गुन्द्रुक पनि मनपर्ने र प्राय जसो सबै मन पर्ने बताइन ।

बाल्यकालमा दक्षिणा प्रति कति मोह या दक्षिणा प्रति आकर्षण हुन्थ्यो भन्ने सवालमा श्रेष्ठले भनिन नेवा परिवारमा दक्षिणा त्यति ठूलो रकम हुदैन भनिन । हामी ५ या १० रुपैया प्राप्त गर्ने गरेको बताइन । बाल्यकाल र किशोरी अवस्थामा त्यो रकम केही हुन्थ्यो ।

दशैमा खानपिन को साथै सबै साथीभाई र परिवार संग बसेर तास खेल्ने गरेको निकै रमाइलो लाग्ने बताइन ।
आगामी अक्टोबर १२ का दिन नेप्लिज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संरक्षणमा सातौं संस्करण प्रतियोगिता नेब्रास्कामा हुने छ । मिस नेपाल यूनिर्भस २०१७ बिजेता नग्मा श्रेष्ठ मिस नेपाल यूएसको सातौं संस्करणका लागि आधिकारिक कोरियोग्राफर( प्रतियोगीहरुलाई तालिम दिने जिम्मेबारी ) तथा अन्तिम चरणका लागि कार्यक्रम संचालन समेत गर्ने छिन् ।

पूर्व नेपाल सुन्दरी नग्माले सन् २0१७ मा लसभेगसमा सम्पन्न अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता मिस यूनिर्भसमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । साथै फिलिपिन्समा सम्पन्न सौन्दर्य प्रतियोगितामा समेत उनले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । त्यहाँ उनि उत्कृष्ट ८ मा पुगेकी थिइन् ।

सन् 20१६ मा चिनमा भएको प्रतिस्पर्धामा तेश्रो उप बिजेता मिस यूनिर्भसको उपाधि समेत जितेकी थिइन् । यसको साथै नग्माले इजिप्टमा भएको मिस इको यूनिभर्स २0१६ मा समेत सहभागिता जनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...