महरालाई अनुसन्धान गर्न आज म्याद थपिने



हाम्रो इकोनोमि

 

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले यौनहिंसाको अभियोग लगाएपछि पक्राउ गरी थुनामा राखिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप अनुसन्धानका लागि आज म्याद थप्ने तयारी गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले महरामाथि लागेको अभियोगका बारेमा अनुसन्धान नसकिएपछि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदै म्याद थपको तयारी गरेको हो ।

थुनामा रहँदा स्वास्थ्य अवस्था कमजोर रहेको भनी नर्भिक अस्पतालमा भर्ना भएका महरामाथि पुरानो चिनजान रहेकी शाहीले उजुरी दिएकी थिइन् ।

उजुरी दिनुपूर्व विविध मिडियामा महराविरुद्ध अभियोग लगाउने र त्यसको खण्डन समेत गर्दै आएको थियो । तर महराले राजीनामा गरेपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । फौजदारी अभियोग लागेका कारणले महराविरुद्ध उजुरी नपरे पनि प्रहरीले पक्राउ गर्ने थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...