चिनियाँ राष्ट्राध्यक्ष सी र प्रथम महिला पेङको त्यो प्रेमकथा



हाम्रो इकोनोमि

 

विश्वभर भ्यालेन्टाइन डेलाई प्रणय दिवसका रुपमा मनाउने प्रचलन छ । यो प्रचलनको मोहजालमा नेपाल पनि परेको छ । तर भर्खरै नेपालको भ्रमण सकेर चीन फर्किएका त्यहाँका राष्ट्राध्यक्ष सी चिन फिङको देशका जनताले भने प्रेम दिवस नै फरक हिसाबले मनाउने गरेका छन् ।

अलिक रोचक पनि छ । चिनियाँ जनता आफ्ना देशका राष्ट्राध्यक्ष सी र प्रथम महिला पेङ लियुयानले नै प्रेमभाव व्यक्त गरेको दिनलाई प्रणय सुत्रको दिन मान्दछन् । २० मे, चीनको प्रणय दिवस हो । जसलाई ‘५.२०’ का रुपमा पनि बुझिने गरिएको छ ।

विश्वभर भने १४ फेब्रुअरीमा मनाउने प्रचलन रहेको छ । यसै सन्दर्भमा सी र पेङको त्यो प्रेमकथा पनि अचम्मको छ ।

 

सी र पेङको प्रेमदेखि बिहेसम्मका विविध पक्षलाई चिनियाँ जनताले आदर्श मान्ने गरेका छन् ।

सेप्टेम्बर १९८७ मा दुवैको बिहे भयो । उनीहरूले ठूलो पार्टी दिने अथवा भव्य बिहे गरेका थिएनन् । केही आफन्त र साथीलाई डिनर दिएर बिहे सम्पन्न भएको थियो ।

पार्टीका सहकर्मीले दिएको जानकारी अनुसार त्यसबेला राष्ट्राध्यक्ष सी कामका लागि बाहिर जाने गर्दथे जतिबेला पेङ चर्चित गायिका थिइन् र विदेशका विविध कार्यक्रममा सहभागी हुने गरेकी थिइन् । सोही बेला दुवैको भेट हुने गरेको थियो, दुवैमा एकआपसको अलग प्रकारको समझदारी पनि थियो ।

फुजीआन प्रान्तमा सी कार्यरत थिए । चिसोको मौसममा पेङले सीलाई जाडोबाट जोगाउन शरिर ढाकिने लुगा दिइन् । त्यसबेला पेङ चीनको सीसीटीभि स्प्रिङ फेस्टिभल गला राउन्डका लागि तयारी गरिरहेकी थिइन्, जुनबेला सी डिनरका लागि अबेरसम्म पेङको पर्खाइमा हुने गर्दथे ।

सन् २०१५ मा राष्ट्राध्यक्षको कार्यालयमा सी पुगेपछि विविध कार्यक्रममा पेङको सहभागीता अनिवार्य हुन थाल्यो । जनताले यो जोडीलाई ऐतिहासिक मानेको छ ।

यहि क्रममा सन् २०१५ मा लियाङजीयाहे भन्ने ठाउँ जुन साङछी प्रान्तमा छ, त्यहाँ भएको स्प्रिङ फेस्टिबलमा सीको सहभागीता भयो । सोही ठाउँमा उनले कृषकका रूपमा ७ बर्ष काम गरेका थिए । राष्ट्राध्यक्ष भए पनि आफ्नो थातथलोमा पुगेका सीले पेङको परिचय गराउँदा भनेका थिए– यीनी मेरी पत्नी हुन् ।

चिनियाँ मिडिया, राजनीतिज्ञ र विविध पक्षले यो जोडीको बिहेपूर्व र अहिलेसम्मको अवस्थाको प्रेमलाई आदर्श मान्दै आएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...