राष्ट्रपति भण्डारी र सीबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहलका अनुसार भेटवार्तामा दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको छ । साथै दुवै देशको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमासमेत विस्तृत कुराकानी भएको थियो ।

भेटवार्तामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापामगर, खानेपानी मन्त्री विना मगरलगायत नेपाली र चिनियाँ सरकारका उच्चपदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

भेटवार्तापछि सीको सम्मानमा शितलनिवासमै रात्रिभोज आयोजना गरिएको थियो । राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...