चिनियाँ राष्ट्रपतिलाई नेपाली सेनाको गार्ड अफ अनर



हाम्रो इकोनोमि

 

दुईदिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि सीलाई सेनाको एक टोलीले गार्ड अफ अनर प्रदान गरेको हो ।

त्यसअघि दुवै देशको राष्ट्रिय गानको धून बजाउँदै नेपाली सेनाले सलामी अर्पण गरेको थियो । अति विशिष्ट पाहुनालाई नेपाली सेनाको टोलीले गार्ड अफ अनर प्रदान गर्ने परम्परा छ ।

राष्ट्रपति सी एयर चाइनाको विशेष विमानबाट भारतको चेन्नाई हुँदै शनिबार अपराह्न नेपाल आएका हुन् । उनलाई विमानको ढोकै अगाडि पुगेर समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र केन्द्रीय सरकारका मन्त्रीहरु उपस्थित विमानस्थल पुगेका थिए ।

चिनियाँ राष्ट्रपतिबाट २३ वर्षपछि नेपाल भ्रमण भएकाले सरकारले सीको स्वागत तथा सम्मानमा कुनै कसर बाँकी राखेको छैन । काठमाडौंका सडक विशेष रुपमा सजाइएको छ भने ठाउँठाउँमा परम्परागत पोशाक र झाँकीसहितको टोलीलाई स्वागतमा खटाइएको छ ।

चिनियाँ राष्ट्रपति सी त्रिभुवन विमानस्थलबाट राष्ट्रपति सी बास बस्नका लागि होटल सोल्टी गएका छन् । उच्चस्तरीय भेटवार्ता गरी उनी आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...