रोशनी शाहीलाई प्रहरीको सुरक्षा, असईसहित २ जना खटाइयो



हाम्रो इकोनोमि

 

कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई प्रहरीले सुरक्षा दिएको छ । शाहीलाई सुरक्षा दिन प्रहरीले एक जना असई र एक जना महिला प्रहरी खटाएको उच्च स्रोतले जानकारी दिएको छ ।

उनीमाथि निगरानी राख्न र भवितव्य केही पनि नहोस् भनेर सुरक्षा दिन परेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ती महिलाले एक वर्षअघि विष सेवन गरेकी थिइन् । सात दिनसम्म आइसियुमा बसेर निको भएपछि उनी घर फर्किएको प्रहरीले जनाएको छ ।

शाहीले बिहान ७ बजेबाट प्रहरी आएर आफ्नो निगरानी गरेको फेसबुक स्टाटस लेखेकी छन् । उच्च प्रहरी स्रोतका अनुसार प्रहरीको एक टोली आज बिहान शाहीको कोठामा पुगेर थप अनुसन्धान गरेको थियो ।

प्रहरीले पीडित भनिएकी शाहीको कोठाबाट रक्सीको बोतल, गिलास तथा भाँचिएको चस्मा लगायतका वस्तुहरु यसअघि नै नियन्त्रणमा लिइसकेको छ ।

कोठाको मुचुल्का उठाउन महानगरीय प्रहरी वृत्त बानेश्वर, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाका अनुसन्धान अधिकृत गएका थिए ।

पछिल्लो समय ती महिलाले भने बयान फेरेकी छन् । मङ्गलबार एक अनलाईनलाई भिडियो अन्तर्वार्ता दिएकी उनले महराले आफूलाई कुनै दुर्व्यवहार नगरेको, आफ्नो कोठामा समेत नआएको, लामो समयदेखि भेट नभएको बताएकी छन् । उनले महराविरुद्ध जर्वजस्ती बोल्न लगाएको पनि उल्लेख गरेकी छन् । साथै, महरा आफ्नो बाबु समान व्यक्ति भएको भन्दै त्यस्तो कुनै घटना नभएको दाबी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...