‘महराको शर्तको अर्थ छैन, सभामुख पद रिक्त भयो !



हाम्रो इकोनोमि

 

संसद कार्यालयकै कर्मचारीमाथि बलात्कारको ‘बात’ लागेपछि सभामुख कृष्णबहादुरले पदबाट राजीनामा दिएका छन् ।

उनले यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका उनले विज्ञप्तीमार्फत भनेका छन्, ‘आरोपबारे सत्य तथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान सहज होस् भनि नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रक्रिया नसकिंदासम्मका लागि राजीनामा दिएको छु ।’

महराले उपसभामुखलाई बुझाएको राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरिएको छ । सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्ले महराको राजीनामा शर्तसहितको भएको जिकिर गरेका छन् ।

राजीनामा पत्रको व्यहोराबारे प्रश्न उठेपछि मल्लले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजीनामाको निर्णयबाट कोही पनि आत्तिनुपर्ने वा खुशी हुनुपर्ने जरुरी छैन । सबै कपोलकल्पित र भ्रामक आरोपहरुबाट मुक्त भएर सम्माननीय सभामुखको जिम्मेवारीमा फर्किनु हुनेछ ।’

सभामुखले आफूमाथि लागेको गम्भीर आरोपबारे अनुसन्धानमा सघाउन छानविन अवधिसम्म सभामुखको सम्पूर्ण जिम्मेवारी छोडेर राजीनामा दिएको मल्लले बताएका छन् । ‘यसले छानविन प्रक्रियालाई सहयोग पुर्‍याउँछ’ उनले भनेका छन् ।

सभामुखले बुझाएको राजीनामाको शब्दले अलमलको अवस्था सिर्जना गरेको स्वयम् नेकपाका नेताहरुले बताएका छन् । महराको विज्ञप्तीको भाषाले केहि दिनका लागि मात्र छुट्टि लिएको जस्तो आशय दिएको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रियाहरु आइरहेका छन् ।

सभामुख महराको राजीनामा र सामाजिक सञ्जालमा आइरहेका प्रतिक्रियाका कारण धेरै सर्वसाधरणमा महराको राजीनामा अब के हुन्छ भन्ने जिज्ञासा र प्रश्नहरु आइरहेका छन् । ‘गोलमटोल’ भाषामा आएको सभामुखको राजीनामाको विज्ञप्तीका कारण यस्तो जिज्ञासा नागरिकको मनमा उब्जनु स्वभाविक पनि हो ।

‘राजीनामा’ राजीनामा नै हो, पद रिक्त भयो : संविधानका जानकार

सभामुख महराले पदबाट राजीनामा दिएपछि राजनीति वृत्त र सर्वसाधरणले विभिन्न टिकाटिप्पणीहरु गरिरहेका बेला संविधानका जानकारहरुले भने ‘राजीनामा’ राजीनामा नै हुने बताएका छन् ।

महराले आफ्नो रानीनामामा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ शर्त राखे पनि राजीनामा शर्त राखेर नहुने संविधानविदले बताएका छन् । संविधानविद विपीन अधिकारीले भने, ‘राजीना शर्तसहितको हुँदैन ।’

संविधान निर्माणमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका नेकपाकै नेता तथा संविधानका जानकारहरु पनि सभामुखको राजीनामा शर्त गलत हुने बताउँछन् । ती नेता भन्छन्, ‘सभामुखले उपसभामुख समक्ष राजीनामा दिना साथ त्यो पद स्वतः रिक्त हुन्छ । के भनेर, कस्तो भाषा प्रयोग गरेर राजीनामा दिइयो भन्ने कुरा गौण हुन्छ ।’

नेकपा सचिवालय बैठकले महरालाई सभामुख र प्रतिनिसभा सदस्य दुवै पदबाट राजीनामा गर्न भनेको थियो । महराले सभामुखको राजीनामा शर्त राखेका छन् भने सांसद पदबाट राजीनामा दिएका छन् । तर, संविधानका जानकारहरु भने यो घटना र सभामुखको राजीनामा आइसकेपछि सांसद पद पनि नरहने बताउँछन् । ती नेताले अब सभामुखले राजीनामा दिइसकेपछि अब यो राजपत्रमा प्रकाशित हुने प्रक्रियामा जाने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...