‘रातो टीका निधारमा’ फ्लप हुनुका ४ कारण



हाम्रो इकोनोमि

 

बडादशैँको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘रातो टीका निधारमा’ बक्स अफिसमा पूर्ण रुपमा असफल रह्यो । यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माको शीर्ष भूमिका छ । अशोक शर्माको लेखन तथा निर्देशन रहेको यो फिल्म आखिर किन चलेन त? यसबारेमा छलफल गरौँ:

राम्रो कथा, कमजोर पटकथा

चलचित्रका निर्देशक अशोक शर्माले नै तयार पारेको यो फिल्मको कथा यति कमजोर छ कि, त्यसको अन्य फिल्मसँग तुलना गर्न पनि गाह्रो हुन्छ । उनले फिल्ममा कथा त राम्रो उठाउने जमर्को गरेका छन् । तर प्रस्तुतीकरण ज्यादै नै खल्लो छ । फिल्ममा आउने हरेक घटनाक्रम पूरै वाहियात लाग्छन् । फिल्मको प्रस्ततीकरण केटाकेटीले भाँडाकुटी खेलेजस्तो छ ।

फिल्ममा त्यस्तो कुनै प्लट छैन, जुन प्लटलाई हेरेर दर्शकले ‘वाह’ भन्न सकून् । फिल्मको प्रस्तुतीकरण एकदमै कमजोर छ । संवाद र प्लटमा निर्देशक चुक्नुसम्म चुकेका छन् ।

कलाकारको अभिनय

फिल्मको स्किृप्ट नै कमजोर भएपछि फिल्म राम्रो बन्ने कुरै भएन । त्यसमाथि पनि निर्देशक शर्माले चलचित्र ‘रातो टीका निधारमा’ मा कलाकारलाई यति कमजोर र निरीह बनाएका छन् कि, कुनै पनि प्लटमा कलाकारले राम्रो प्रस्तुति दिन सकेका छैनन् । एउटा हैन, सबै कलाकारको अभिनय उस्तै कमजोर छ । एक अर्थले त निर्देशकले सबै कलाकारलाई केवल ‘जोकर’ बनाएका छन् ।

फिल्मको स्किृप्टमा पात्र नै बलिया बन्न नसकेपछि कलाकार झन् खल्लो लाग्ने भइहाले । यही फिल्मबाट डेब्यु गरेका अंकित शर्मा शिकारु कलाकार बनेका छन् । कुनै पनि कलाकार सिक्नका लागि फिल्ममा अभिनय गर्नेभन्दा पनि सिकेर फिल्ममा अभिनय गर्नुपर्ने हो ।

कर्कस पार्श्वध्वनि

फिल्मको छायांकनमा बरु केही दृश्यमा चित्त बुझाउने ठाउँ रहला तर यसको पार्श्वध्वनि कानमा मात्र होइन, मनमै बिझ्छ । चाहिनेभन्दा बढी लाउड बनेको फिल्मको पार्श्वध्वनिले यति दिक्क बनाउँछ कि, दर्शकलाई चलचित्र हेर्दा मजा लागेको ठाउँमा पनि यसको म्युजिक ‘भिलेन’ बनेर आइदिन्छ ।

र, कमजोर निर्देशन

भनिन्छ, फिल्म कस्तो बनाउने भन्ने निर्देशकको हातमा हुन्छ । फिल्मको कथा राम्रो हुनुपर्छ । ‘रातो टीका निधारमा’ को कुरा गर्नुपर्दा फिल्मको कथा पनि कमजोर छ, निर्देशकीय क्षमता पनि उत्तिकै फितलो छ । निर्देशकले फिल्मलाई स्तरीय बनाउनभन्दा पनि विज्ञापन एजेन्सीको यसरी विज्ञापन गरेका छन् कि, मानौँ यो फिल्म फिल्म होइन, विज्ञापन हो ।

फिल्ममा एउटा रक्सीको विज्ञापन आउँछ, त्यतिबेला कलाकारभन्दा बढी फोकस त त्यही रक्सीलाई गरिन्छ ।

फिल्ममा यदि केही राम्रो छ भने त्यो हो यसको विषयवस्तु । फिल्मले नेपालमा पनि कृषि क्षेत्रमा केही गर्न सकिन्छ भन्ने विषय उठाएको छ । केही क्रान्तिका कुरा पनि छन् । तर, प्रस्तुति कमजोर हुँदा ती कुनै पनि विषयले कन्भिन्स गर्दैन ।

 

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...