सभामुख र संसद दुवै पद खुस्कियो महराको, दिए राजिनामा



हाम्रो इकोनोमि

 

महराले सभामुख र प्रतिनिधिसभा सदस्य दुबैबाट राजिनामा दिनुपर्ने नेकपा सचिबालयले निर्णय गरेको छ । सहकर्मी महिलामाथि जर्बजस्तीको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनीमाथि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रबाट दबाब बढेपछि राजीनामा दिएका हुन् ।

महराले घटनाको निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको बताए । उनले भने, ‘ममाथि झुटो आरोप लगाइएको छ यसको निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको हुँ ।’

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले महरालाई राजीनामा दिन सुझाव दिएका थिए । ओली र प्रचण्डले सभामुख मुछिएको घटनाले सरकार र नेकपाको समेत बदनामी हुनसक्ने भन्दै राजीनामा दिन सुझाव दिएका हुन् ।

प्रधानमन्त्री ओली निकट एक नेताका अनुसार सभामुख महरालाई राजीनामा दिएर घटनाको निष्पक्ष छानविनका लागि मार्ग खोलिदिन भनिएको थियो । प्रचण्ड निकटस्थ एक नेताले पनि महरालाई राजीनामा दिन सुझाव दिइएको बताए । महराले नेकपाका शिर्ष नेताहरुलाई सम्पर्क गरी आफूलाई फसाउन खोजिएको बताएका थिए । तर, अध्यक्षहरु ओली र प्रचण्डले घटना संवेदनशील भएको र सरकार र पार्टीलाई बदनाम गर्न खोज्नेहरु सक्रिय हुनसक्ने भन्दै राजीनामाका लागि सुझाव दिएका थिए ।

तीनकुनेस्थित एक महिलाको डेरामा पुगेर उनले जर्बजस्ती गरेको खबर बाहिर आएपछि सभामुख समस्यामा परेका थिए । उनले जर्बजस्ती नभएको दाबी गरेर प्रेस विज्ञप्ति निकाल्न लगाएका थिए । यसमा कुनै कठपुतली प्रयोग गरी फसाउन खोजेको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...