नेकपाको सचिवालय बैठक बालुवाटारमा, यस्तो हुँदैछ निर्णय



हाम्रो इकोनोमि

 

सभामुख कृष्णबहादुर महरामाथी लागेको गम्भिर आरोपका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले राजिनामा गरेर अनुसन्धानमा सहयोग गर्न आग्रह गर्ने भएको छ । दुई अध्यक्षबीच आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलले राजिनामा दिएर अनुसन्धानमा सहयोग गर्ने निष्कर्षमा पुगेको स्रोतले दावी गरेको छ ।

दुई अध्यक्षको निष्कर्षपछि अहिले विहान ११ बजे सचिवालय बैठक बोलाइएको छ । सचिवालयले बैठकले आधिकारीक निर्णय गरेपछि महरालाई सो जानकारी गराइने भएको एक सचिवालय सदस्यले जानकारी दिनुभएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आरोप लागेका महरासँग कुराकानी गरेपछि महराबाट गल्ती भएको निष्कर्षमा नेताहरू पुगेको खुमलटारस्रोतले जानकारी दिएको छ ।

महरामाथि एकजना महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपको छानबिनका लागि सहज वातावरण बनाइ दिन आफू तयार संकेतपनि सभामुख महराले दिइसकेको स्रोतले बताएको छ । खुमलटार स्रोतका अनुसार महरालाई मार्ग प्रसस्त गरेर छानविनमा सहयोग गर्न लगाउने निर्णय भएको बताइएको छ ।

उच्च स्रोतका अनुसार महराको आजै साँझसम्म राजिनामा आउने सम्भावना बलियो रहेको छ । राजिनामा आएपछि प्रहरीले घटनाका विषयमा थप अनुसन्धान शुरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...