नेकपाको सचिवालय बैठक बालुवाटारमा, यस्तो हुँदैछ निर्णय



हाम्रो इकोनोमि

 

सभामुख कृष्णबहादुर महरामाथी लागेको गम्भिर आरोपका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले राजिनामा गरेर अनुसन्धानमा सहयोग गर्न आग्रह गर्ने भएको छ । दुई अध्यक्षबीच आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलले राजिनामा दिएर अनुसन्धानमा सहयोग गर्ने निष्कर्षमा पुगेको स्रोतले दावी गरेको छ ।

दुई अध्यक्षको निष्कर्षपछि अहिले विहान ११ बजे सचिवालय बैठक बोलाइएको छ । सचिवालयले बैठकले आधिकारीक निर्णय गरेपछि महरालाई सो जानकारी गराइने भएको एक सचिवालय सदस्यले जानकारी दिनुभएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आरोप लागेका महरासँग कुराकानी गरेपछि महराबाट गल्ती भएको निष्कर्षमा नेताहरू पुगेको खुमलटारस्रोतले जानकारी दिएको छ ।

महरामाथि एकजना महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपको छानबिनका लागि सहज वातावरण बनाइ दिन आफू तयार संकेतपनि सभामुख महराले दिइसकेको स्रोतले बताएको छ । खुमलटार स्रोतका अनुसार महरालाई मार्ग प्रसस्त गरेर छानविनमा सहयोग गर्न लगाउने निर्णय भएको बताइएको छ ।

उच्च स्रोतका अनुसार महराको आजै साँझसम्म राजिनामा आउने सम्भावना बलियो रहेको छ । राजिनामा आएपछि प्रहरीले घटनाका विषयमा थप अनुसन्धान शुरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...