प्रधानमन्त्री ओलीले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन निर्देशन



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई पदबाट राजीनामा दिन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि सभामुखलाई राजीनामा दिन निर्देशन दिनुभएको हो ।

सभामुख महरा यौन दुराचार प्रकरणमा मुछिएपछि त्यसबारे प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचे मंगलबार बिहानै छलफल भएको थियो । छलफलपछि सभामुख महारालाई राजीनामा दिन निर्देशन दिनुभएको प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभएको छ । यौन प्रकरणमा मुछिएपछि सभामुख महराको सर्वत्र आलोचना भइरहेको छ ।

सभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिलाले यौन दुराचारको आरोप लगाएकी हुन् । आइतबार बेलुका तिनकुनेस्थित आफ्नै डेरामा आएर महराले जर्बजस्ती गरेको महिलाको आरोप छ । ती महिला स्वास्थ्य मन्त्रालयकी कर्मचारी हुन् । संसदमा स्वास्थ्य सम्बन्धित युनिट छ । महिला त्यो युनिटमा काजमा कार्यरत छिन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...