महरालाई राजीनामा दिन प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको निर्देशन



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख कृष्णबहादुर महराको राजीनामा मागीने जनाएकाे छ । सभामुख महरा यौन दुराचार प्रकरणमा मुछिएपछि पार्टीले राजीनामा माग्न लागेको  हाे । त्यसबारेमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले सभामुख प्रकरणमा अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको जानकारी दिनुभयो । ‘यस बिषयमा दुई अध्यक्षबीच बिहानदेखि छलफल भइरहेको छ’ उहाँले जनता समाचारसँग भन्नुभयो । छलफलमा दुई अध्यक्षबीच स्थिति असहज भए सभामुख महराको राजीनामा माग्ने मनस्थितिमा पुगेको स्रोतले जनाएको छ ।

सभामुख महरालाई संसद सचिवालयमै कार्यरत महिलाले यौन दुराचारको आरोप लगाएकी हुन् । आइतबार बेलुका तिनकुनेस्थित आफ्नै डेरामा आएर महराले जर्बजस्ती गरेको ती महिलाको आरोप छ । ती महिला स्वास्थ्य मन्त्रालयकी कर्मचारी हुन् । संसदमा स्वास्थ्य सम्बन्धित युनिट छ । महिला त्यो युनिटमा काजमा कार्यरत छिन् ।

यौन प्रकरणमा मुछिएपछि सभामुख महराको सर्वत्र आलोचना भइरहेको छ । नेकपा नेता तथा कार्यकर्ताले महराले राजीनामा दिनुपर्ने बताएका छन् । नेकपाका नेताहरुले महराको राजीनामा माग्न शीर्ष नेतृत्वलाई दबाब र सुझाव दिएका छन् । पूर्व सभामुख सुवास नेम्वाङले पनि मंगलबार प्रधानमन्त्रीलाई भेटेर महराको राजीनामा माग्न सुझाव दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...