सभामुख महराले आजै राजीनामा दिने



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनुहुने भएको छ । महराले मंगलबार दिउँसो १  बजे राजीनामा दिने तयारी गर्नुभएको स्रोतले जनाएको छ । महराले आफूमाथि यौन दुराचारको आरोप लागेपछि पार्टीको सुझावमा सभामुखबाट राजीनामा दिन लाग्नुभएको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुख महराको राजीनामा माग्ने भएको छ । सभामुख महरा यौनदुराचार प्रकरणमा मुछिएपछि पार्टीले राजीनामा माग्न लागेको हो । त्यसबारेमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएकाे छ । यौन प्रकरणमा मुछिएपछि सभामुख महराको सर्वत्र आलोचना भइरहेको छ । नेकपा नेता तथा कार्यकर्ताले महराले राजीनामा दिनुपर्ने बताएका छन् ।

सभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिलाले यौन दुराचारको आरोप लगाएकी हुन् । आइतबार बेलुका तिनकुनेस्थित आफ्नै डेरामा आएर महराले जर्बजस्ती गरेको महिलाको आरोप छ । ती महिला स्वास्थ्य मन्त्रालयकी कर्मचारी हुन् । संसदमा स्वास्थ्य सम्बन्धित युनिट छ । महिला त्यो युनिटमा काजमा कार्यरत छिन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...