गगन थापाले भने सभामुखले आम नागरिकसरह सजायँ पाउनुपर्छ



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपको घटना सामसुम पार्न नहुने बताएका छन् । यो घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र सभामुख दोषी ठहरिए आम नागरिकसरह सजायँ पाउनुपर्ने थापाले बताए ।

रुपन्देहीको बुटवलमा मंगलबार आयोजित साक्षात्कारमा थापाले भने, ‘अभियोग कसलाई लागेको छ भन्ने आधारमा, शक्तिशाली मान्छे हुनुहुन्छ, पदीय जिम्मेवारीमा हुनुहुन्छ भन्ने कुराको आधारमा यो केस यत्तिकै रफादफा हुनु हुँदैन ।’

कानुनभन्दा माथि कोही पनि नहुने बताउँदै थापाले सभामुख दोषी भए उन्मुक्ति पाउनुपर्ने र अभियोग लगाउने महिला दोषी भए दण्ड दिनुपर्ने बताए . यो केसमा कहीँ कतै रत्तिभर पनि संलग्नता छ भने अनुसन्धान हुनुपर्छ र नागरिकले पाउनुपर्ने सजायँ उहाँले पनि पाउनुपर्छ,’ उनले भने ।

करणीको आसय मात्र राख्यो भने पनि दण्डनीय हुने कानुनी व्यवस्था रहेको भन्दै थापाले भने, ‘ममाथि बलात्कार प्रयास भयो भनिसकेपछि पृष्ठभूमि के थियो, के थिएन भन्ने कुराले अर्थ राख्दैन ।’ सञ्चारमाध्यमबाट आएका सूचना गम्भीर रहेको बताउँदै थापाले त्यही सूचनाको आधारमा घटनाको अनुसन्धान गर्नुपर्ने बताए ।

यसैबीच कांग्रेसका अर्का नेता धनराज गुरुङले सभामुख जस्तो सम्मानित पदमा आसिन व्यक्तिलाई जबरजस्ती करणीको आरोप लाग्दा पनि सरकार मूकदर्शक बनेको आरोप लगाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘स्वयं सभामुखले पीडित महिलालाई फोन गरेर यो सामान्य घटना हो भन्नु भनेर पटक-पटक फोन गरेको सार्वजनिक भैसक्यो । तैपनि सरकार किन मूकदर्शक ?’

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...