दुबईमा गाडी दुर्घटना हुँदा एक नेपालीसहित ८ जनाको ज्यान गयो



हाम्रो इकोनोमि

युनाइटेड अरब इमिरेट्स ९युएई० को दुबईमा गाडी दुर्घटना हुँदा एक नेपालीसहित ८ जनाको मृत्यु भएको छ । युएईस्थित नेपाली दूतावासले मृत्यु हुने मध्ये एकजना नेपाली नागरिक समेत रहेको पुष्टि गरेको छ । दुबई प्रहरीका अनुसार अन्य मृतक एसियाली राष्ट्रका रहेको र दुर्घटनामा पर्नेहरु सबै एसियाली देशका नागरिक भएको बताएको छ ।

स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो । दुर्घटनामा अरु ६ जना पनि घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...