प्रधानमन्त्री ओलीले भने सडकमा बेसहारा देखे सरकारलाई खबर गर्नु



हाम्रो इकोनोमि

 

प्रधानमन्त्रीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासको सोमबार सैंबु आवास क्षेत्र भैँसेपाटीमा शिलान्यास गरेका छन् । २७ रोपनी १२ आनामा ९७ करोड ११ लाख लागतमा दुई वर्षभित्र भव्य भवन निर्माण हुने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । केसी समान्तर जेभीले ठेक्का लिएको स्थलमा सात प्रदेशका लागि सात ब्लक र प्रत्येक ब्लकमा तीन–तीनतले दुई भवन गरी १४ अत्याधुनिक र सुविधासम्पन्न भवन बन्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पूर्वाधार र विकासका हरेक क्षेत्रमा तीव्र विकास गर्दै समृद्ध नेपालको परिकल्पनाका साथ अघि बढेको बताए । उनले लोककल्याणकारी राज्यको स्थापना गर्दै कोही पनि नागरिक भोकै मर्न नपरोस् भन्नका लागि गरिबी लक्षित कार्यक्रमको अनुदानलाई बिचौलियाले खाने प्रवृत्तिमा सुधारेर लक्षित वर्गमा पु¥याइने बताए ।

‘हामी देखिने गरी सामाजिक रूपान्तरण र परिवर्तनको दिशामा छौं । अब कोही पनि बेसहारा भएर सडकमा रहनुपर्दैन । त्यस्ता कोही अलपत्र नागरिक देखिए सरकारलाई खबर गर्नुहोला’, उनले भने, ‘हरेक दिन नेपाल एक कदम अगाडिको नारा मैले दिएको छु । ठेकेदार भागेका कारण ढिलाइ भएको मेलम्ची आयोजना अब छिट्टै सम्पन्न हुनेछ । गैरमुद्दालाई मुद्दा बनाएर विरोध गर्नेहरु थाक्लान् तर सरकार आफ्नो बाटोमा अडिग रहनेछ ।’

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सो भवन निर्माणमा पारदर्शिता र गुणस्तरीयता अपनाइने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले सुरु गरेको सघन तराई कार्यक्रमबाट तराईका हरेक जिल्ला सदरमुकाममा मुहार परिवर्तन भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...