यी नायिकाहरु मध्ये तपाईको नजरमा को राम्रो ? हेरेर कमेन्ट गर्नुहोस !



हाम्रो इकोनोमि

 

नेपाली चलचित्र क्षेत्रमा अहिले नायिकाहरुको निकै प्रतिस्पर्धा भैरहेको छ । हुन त कुनैपनि नायिकाले आफ्नो प्रतिस्पर्धा अरुसँग भएको बताउँदैनन् । तर दर्शकले नै प्रतिस्पर्धाको भावना जगाइदिन्छन् । अहिले चर्चाको शिखरमा केही नायिकाहरु छन् जो निकै व्यस्त र डिमाण्डेड नायिकाहरु हुन् ।अहिले नायिका स्वस्तिमा खड्कालाई नम्बर वान नायिकाको ट्याग दिइएको छ । उनी एकपछि अर्को चलचित्रमा निकै व्यस्त छिन् । उनले पारिश्रमिक कति लिन्छिन् भन्ने कुरा भने कसैलाई पनि थाहा हुदैन र उनी बताउन पनि चाहन्नन् ।

यस्तै बर्षा राउतको चर्चा चलचित्र जात्रै जात्रा को सफलताले निकै बढाएको छ । उनको डिमाण्ड पनि बढ्न थालेको छ । तर उनी तत्काल चलचित्र गर्ने मुडमा भने छैनन् । नायिका पूजा शर्मा अहिलेकी सर्वाधिक व्यस्त र चर्चित नायिका हुन् । उनले एउटा चलचित्रबाट २० लाख सम्म पारिश्रमिक लिने गरेको चर्चा बजारमा छ । उनको फ्यान फलोइङ पनि निकै लोभलाग्दो रहेको छ ।

साम्राज्ञीलाई अहिलेकी सबैभन्दा महंगी अभिनेत्रीको रुपमा हेरिन्छ । युवापुस्तामा उनको क्रेज निकै रहेको छ । आँचल शर्मा सबैकी प्रिय नायिका हुन् । अभिनयबाट खासै वाहवाही नपाएपनि आँचलको स्टारडम भने घटेको छैन । उनीपनि एकपछि अर्को चलचित्रमा व्यस्त छिन् । प्रियंका कार्की सदावहार चर्चामा रहने नायिका हुन् । पछिल्ला दिनहरुमा उनी म्यूजिक भिडियोमा बढी देखिन थालेकी छिन् । यी नायिकाहरुमा को भन्दा को उत्कृष्ट भन्ने कुराले चर्चा पाइरहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस
कार्यदलको प्रतिवेदन पुनर्लेखन गराउँदै ओली

    नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को प्रतिवेदन आफू...

लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधि सच्याउन सरकारलाई नेपाली कांग्रेसको आग्रह

    नेपाली कांग्रेसले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रकृतिका...

राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...