अहिलेसम्मकै ठूलो सैनिक परेड गर्ने तयारीमा चिन



हाम्रो इकोनोमि

 

चीनले राजधानी बेइजिङ्गमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक परेड गर्ने तयारी गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० औं वर्षको अबसर पारेर अक्टोबर १ का दिन सैनिक परेडको तयारी गरेको हो । सैनिक परेडमा चिनियाँ हतियारको प्रदर्शनी गरिने जनाइएको छ ।

वार्षिकोत्सव कार्यक्रम तियानमेन स्क्वायरमा गरिनेछ । कार्यक्रममा विभिन्न ९७ मुलुकका १ सय ८८ मिलिटरी एट्याचीको पनि सहभागिता हुने जनाइएको छ । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार परेडमा १५ हजार सेनाले भाग लिनेछन् ।

वार्षिकोत्सवका अवसरमा १ सय ६० वटा जहाज आकाशमा उडाइनेछ । यस पटक संयुक्त राष्ट्र संघको शान्ति मिसनमा रहेका ८ हजार चिनियाँ सैनिकले पनि भाग लिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...