ज्ञानेन्द्रको राम धुलाईपछि युरोपबाट योगेश भट्टराईले के भने



हाम्रो इकोनोमि

नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बुद्ध एयरको विमानभित्र पर्यटन मन्त्री योगेश भट्टराईलाई रामधुलाई गरेको भन्दै यूटूवमा भिडियो अपलोड गरेका ज्ञानेन्द्र शाहीलाई गत शनिबार चितवनमा आक्रमणमा परी घाइते भएको विषयमा यूरोप भ्रमणमा रहेका पर्यटन मन्त्री भट्टराईले मुख खोलेका छन् ।

मन्त्री भट्टराईले क्यानडाको मुख्य शहर टोरन्टोमा नेपाली सञ्चारकर्मीहरुसँग कुरा गर्दै कसैलेपनि अराजकता मच्चाउन नहुने बताएका छन् । ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणका विषयमा उनी आफूले सामाजिक सञ्जालबाट जानकारी पाएको भन्दै कसैमाथि पनि कसैले अराजक शैलिमा आक्रमणमा उत्रन नहुने धारणा राखेका छन् ।

मन्त्री भट्टराईले शाहीमाथि आक्रमण प्रति संकेत गर्दै भने–‘लोकतन्त्रवादीहरुले अराजकतावादको घुँडा चढ्न सुहाउँदैन । यो सिंहमाथि सवार हुनमात्र हो । चढ्ने बेला जोखिम, चढिसक्दा जोखिम अनि झर्ने बेला झन जोखिम ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...