माधव प्रसाद घिमिरेले भने अब मृत्युको डर लाग्न छाड्यो



 

नेपाली साहित्यका जिउँदा इतिहास हुन् कविवर माधव घिमिरे । उनले गत असोज ७ गते आफ्नो १०१ औं जन्मदिन मनाए । उमेरले दोस्रो शताब्दीमा हिँडिरहेका घिमिरे अहिले पनि मानसिकरुपमा उत्तिकै स्फुर्त छन्, उत्साही छन् । शारीरिकरुपमा भने अवश्य केही गलेका छन् ।

घिमिरेले यो उमेरमा पनि लेख्न छाडेका छैनन् । अहिले उनको एक मात्र ध्येय छ, आफ्नो प्रकाशोन्मूख महाकाव्य ‘ऋतम्भरा’ लाई पूर्णता दिनु । घिमिरे भन्छन्, ‘अब मेरो बाँच्नुको एकमात्र अभिष्ट यही काव्यलाई सम्पन्न गर्नु हो । यदि सकिनँ भने मलाई थकथकी भइरहने छ

साहित्यमा लेखनाथको परिस्कारवादी धारा र देवकोटाको स्वच्छन्दतावादी धाराको मिश्रणबाट घिमिरेले आफ्नै फरक शैली विकास गरेका छन् । उनका कवितामा लोक भाकाको सुगन्ध मिसिएको हुन्छ ।

कवि घिमिरेसँग उनको बुढ्यौली जीवन र साहित्य सिर्जनाको सेरोफेरोमा रहेर गरेको कुराकानी :

दोस्रो शताब्दीको पहिलो जन्मदिन कस्तो रहृयो ?

तपाईंले सोध्नुभएको प्रश्नलाई एक वाक्यमा उत्तर दिने हो भने रमाइलो भयो । तर, त्यसको तपशीलमा जति शीर्षक राखे पनि हुन्छ । विशेष गरी अस्ति (बुधबार) बाट मेरो जन्मको एक सय वर्ष पूरा भएको छ । अब म अर्काे शताब्दीमा प्रवेश गरेको छु । त्यसैले पनि होला मेरो यो जन्मदिन अघिपछिको जस्तो भएन ।

अघिपछिको जन्म दिनमा आफ्नै घरका मानिसहरुको मात्रै उपस्थिति हुने गर्दथ्यो । छोरा-नाति हुन्थे । मेरा शाखा सन्तान अहिले त पौने सय -७० जना) जति पुगिसकेका छन् । उनीहरुसँगै बसेर मनाइन्थ्यो । तर, यो जन्मदिन अरुभन्दा धेरै विशेष भयो ।

जन्मदिनमा आफ्नो स्वास्थ्यलाई वास्ता नगरी दिनभरी नै व्यस्त भएँ । बिहान घरका मानिसहरुसँग नै जन्मदिन मनाएको थिएँ । त्यसपछि नाचघर गएँ । यसपटक मेरो जन्मदिन बनाउनको लागि विभिन्न कमिटीहरु नै गठन भएछन् । राष्ट्रिय नाचघरमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको थियो । त्यहाँ केक काट्ने व्यवस्था गरिएको रहेछ । सोही संस्थाले सम्मानस्वरुप प्रमाणपत्र पनि दियो ।

दुई बजेतिर त्यहाँबाट घर फर्किएँ । घरमा घिमिरे बन्धुहरुले अर्काे कार्यक्रम राखेका रहेछन् । त्यता सहभागी भएँ । त्यसपछि केही पत्रकारहरुसँग कुराकानी भयो । अँ, हिजो बेलुका पनि हास्यकलाकार (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) हरु आएका थिए । उनीहरु त एक घण्टा कि दुई घण्टासम्म बसेर गए । पत्रकारहरु त आइरहेकै छन् ।

यो कवि-कलाकारहरुको देश हो । तपाईंहरुले देख्नुभएकै छ । कवि-साहित्यकारहरु यहाँ सम्मानित नभएको दिन हुँदैन । विश्वमा सायदै अरु यस्ता देश होलान् । त्यसैले सबै विशेष नै भयो ।

जन्मदिनमा केक काट्ने संस्कृति पछिल्लो समय नेपालमा निकै झांगिएको छ । तपाईंलाई यो चलन कस्तो लाग्छ ?

संस्कृति र सभ्यता दुई फरक कुरा हुन् । सभ्यता जहाँ पनि एक दुई दशकसम्म टिक्छ । एउटा सभ्यता पुरानो भएपछि र अर्काे सभ्यता राम्रो लाग्छ । त्यसको ठीक विपरीत संस्कृति हजारौं वर्षका लागि हुन्छ । उदाहरणका लागि हामीले मनाउने दशैं संस्कृति हो भने जन्मदिनमा केक काट्नु सभ्यता हो ।

अर्काे कुरो, शक्तिशाली देशको सभ्यता कमजोर देशले अवलम्बन गर्ने परिपाटी हुन्छ । आफू पनि उनीहरु जस्तै सभ्य र राम्रो देखिन यस्तो नक्कल गर्ने गरिन्छ । यो केक काट्ने काम पनि नक्कल हो । यो केही समय चल्छ, त्यसपछि हराउँदै जान्छ ।

तपाईं सानो छँदा कसरी मनाइन्थ्यो जन्मदिन ? कि मनाउने चलन नै थिएन ?

पहिले-पहिले पण्डितले मिति हेरेर शुभ मुहूर्तमा जन्मदिन मनाउने गरिन्थ्यो । जन्मदिनमा चाहिँ विशेषतः अष्टचिरञ्जीवीको पूजा गरिथ्यो । त्यसको एउटै कारण हो भावना । उनीहरु जसरी नै हामी पनि लामो आयु बाँच्न सकौं भन्नको लागि यस्तो पूजा गरिएको हो ।

त्यतिबेला उपहार लिनेदिने चलन थिएन । पहिले हुनेखानेहरुले त पण्डितहरुलाई केही दिन्थे । तर, त्यस्ता मानिसहरु पनि एकाध हुन्थे । यी सबै देखावटी मात्रै हुन् । म त भन्छु नेपालमा रहेका सबै जातजातीहरुले आफू अनुसारको परम्परा र चार्डपर्वहरु मनाउनुपर्छ । अरुले त्यसमा रमाउनुपर्छ । यस्तो हुँदा एक किसिमको सदभावना देख्न सकिन्छ । सबैले अरुको संस्कृति अँगालेर हाम्रो संस्कृति कसले संरक्षण गर्ने ?

दशैं पनि आइसक्यो । दशैंलाई हेर्ने दृष्टिकोण के छ यहाँको  ?

एउटा कृषि प्रधान मुलुकका लागि सुझबुझपूर्ण रुपमा मान्न थालिएको चाड हो दशैं । यस समयमा किसानहरु फुर्सदमा हुन्छन् । बर्खाले बिदाइ गरिसकेपछि अब के गर्ने त रु लुगा फेर्ने, खाना खाने, नाचगान गर्ने भनेर यस्तो पर्व सुरु गरिएको हो ।

असारको १५ गते कुनै उत्सव मनाउने हो भने के त्यतिबेला घरमा बस्न फुर्सद हुन्छ रु त्यसका लागि खेतमा नै गएर मनाउने उत्सव छ । जब शरद लाग्छ । अनि खेतमा केही काम छैन । यो घमाइलो समयमा घरमा नै बसेर उत्सव मनाउनु राम्रो हुन्छ । त्यसैले यो कृषि सभ्यता अनुसार सुरु भएको पर्व हो ।

तर, अहिले त कृषि मात्र होइन उद्योगको सभ्यता पनि छ । कामको शिलशिलामा टाढा टाढा गएकाहरु पनि दशैंका लागि भनेर घर आउँछन् । कम्पनीहरुले पनि लामो समयको बिदा दिन्छन् । त्यसैले यो कृषि प्रधानबाट उद्योग प्रधान सभ्यताको पर्व पनि भएको छ ।

यही रमाइलो र घमाइलो शरदमा नै मेरो पनि जन्म भएकोमा एकदमै खुशी लाग्ने गर्छ । यही सिर्जनशील समयमा जन्म भएकाले पनि म साहित्यतिर लागेको हुँ कि रु भन्ने जस्तो पनि लाग्छ । साँच्चिकै यो ऋतु र वसन्त ऋतु साहित्य सिर्जनाका लागि एकदमै महत्वपूर्ण छ । मेरा लागि पनि यो समय एकदमै महत्वपूर्ण छ ।

उबेला देवकोटा(लेखनाथको ओझेलमा परेर मेरा कविता पेलिएका थिए । अहिले मूलधारमा आएँ । सबैको दृष्टि मतिरै एकोहोरिएको अनुभव हुन्छ । खुशीले ढक्क फुलेको छु

अहिले हजुरको स्वास्थ्य अवस्था चाहिँ कस्तो छ ?

दुई वर्षअघि बिरामी भएर अस्पताल जाँदा डाक्टरले एक हप्तापछि सबै ठीक हुन्छ, त्यसपछि घर जानहुन्छ भने । त्यो भनेको कति हप्ताहरु बिते(बिते । त्यसपछि म उपचारका लागि दिल्ली जानुपर्‍यो । त्यहाँबाट आएको पनि कति भयो । अहिले म आफैं हिँड्न चाहिँ सक्दिनँ । पछाडि पातो दुख्ने गर्छ । त्यस्तै सामान्य समस्याहरु छन् ।

यी समस्याको पनि दुई कारण छन् । एउटा त रोग नै नलागिरहेको मान्छेलाई रोग भन्ने कुराले समात्यो। । अर्को चाहिँ बुढ्यौली पनि लागेको हो । जन्मदिनको दिन दुई ठाउँमा भाग लिँदाको थकाइ दुई दिनसम्म पनि मरेको छैन । त्यही हो अरु त । बरु केही कुरा सुधार पनि भएको छ । पहिले स्वर र हात काँप्ने गर्दथ्यो । अहिले त्यो समस्या हराएको छ । यसमा त म आफैं अचम्ममा परेको छु ।

मानिसको उमेर एउटा सीमा कटेपछि पहिले झरेका दाँतहरु फेरि पलाउन थाल्छन् भन्ने पनि सुनिन्छ । के तपाईंको त्यस्तो भएको छ ?”
दाँत त होइन, ९टोपी फुकाल्दै० यी कपाल हेर्नुस त । पहिले सबै सेताम्य भइसकेको थियो । अहिले फेरि धेरै काला कपालहरु आएका छन् । अचम्मै भएको छ ।

तपाईंको खानपिन कस्तो छ  ?

मेरी एउटी छोरी डाक्टर हुन्, हार्वर्ड युनिभर्सिटीमा पढेकी । उनले सिकाए अनुसार खासगरीकन मासुको झोलसँग दाल अलिकति मिसाएर भात खान्छु । धेरै साह्रो चिज खान सक्दिनँ ।

हो, हरेक दिन । बिहान आठ बजेतिर खान्छु । दिउँसो ११र१२ बजेतिर भोजन गर्छु । दिउँसो चियासिया खाइन्छ । बेलुका साढे ७र८ बजेतिर फेरि झोलभात खान्छु ।हरेक दिन त्यही

राति कतिबेला सुत्नुहुन्छ  ?

मेरो मूल समस्या नै निद्राको छ । यो पनि के समस्या, मजासँग सुते भइहाल्यो नि, भन्नुहोला । तर सुतेर के गर्नु, निद्रै लाग्दैन । दायाँ पल्टियो दायाँ दुख्छ, बायाँ पल्टियो दायाँ दुख्छ । उत्तानो पर्‍यो सबैतिर दुख्छ । म त रातभर माछोजस्तो पल्टिएको पल्टियै हुन्छु । राति निदाउन सक्दिनँ, दिउँसो चाहिँ झुलेको झुल्यै हुन्छु ।

तीन दिनदेखि चाहिँ अचम्म भइरहेको छ । व्यहोरा सप्रेको हो कि के हो, राति ११ बजे नै निद्रा पर्न थालेको छ । बिहान साढे ६ तिर उठ्छु । नत्र त समस्यै भएको थियो । तर, अहिले पनि त्यही डर लाग्छ, पूरै रात जाने हो कि भनेर ।

सपना कस्तो देख्नुहुन्छ रु कति सम्झिनुहुन्छ  ?

वास्तविक जीवनमा चाहेर पनि गर्न नसकेका चिजहरु सपनामा देख्छु । काव्य पूरा गरेको सपना देख्छु, ब्यूँझेपछि खिन्नता हुन्छ ।

सय वर्षको यात्रामा तपाईंका लागि सबैभन्दा विशिष्ट अनुभूति के हो  ?

मलाई रमाइलो के लाग्छ भने लेखनाथ र लक्ष्मीप्रसाद हुँदा मतिर कसैले पनि ध्यान दिएका थिएनन् । मेरा कविताहरु पेलिएका थिए । म कुनामा परेको थिएँ । त्यतिबेला मैले धेरै रचनाहरु पनि लेखिनँ ।

अहंकार बोल्यो भन्नुहोला, अहिले भने सबैको ध्यान मतिर गएको जस्तो अनुभूति भएको छ । मेरा गीतहरु, मेरा कविताहरु सुन्ने त्यसलाई मनन गर्ने गरेको सुन्दा म त खुशीले धक्क भएको छु । यो कति वर्ष रहला त्यो अर्कै कुरा हो । त्यो फरक मैले देखेको छु ।

अहिले पनि उनीहरुको स्थान छँदैछ । म अहिले उनीहरुभन्दा पनि माथि भएँ भनेको होइन । उनीहरुको स्थान फरक छ, मेरो फरक छ । तर, म त्यतिबेला कुनामा परेको मानिस अहिले मूलधारमा आउँदा बडो रमाइलो लागेको छ ।

अब अलिकति बुढ्यौली जीवनको अनुभव पनि सुनाइदिनुहोस् न । यो उमेरका राम्रा(नराम्रा पक्षहरु के हुन्  ?

मृत्युको डर हटिसक्यो । भगवानले यति धेरै आयु दिए भनेपछि अब पनि म मृत्युसँग किन डराउने रु सास जान गाह्रो नहोस्, अब त यत्ति मात्रै सोचाइ हुन्छ
बुढ्यौली उमेर भनेको समाजबाट आफू पछाडि परेको अनुभव हुँदै जाने समय हो । म पनि त्यही अनुभव गरिरहेको छु । अहिले मेरै छोरो सामाजिक रुपमा सक्रिय हुन्छ । सबैतिर उसैको चासो हुन्छ । केही समय अघिको आफ्नो स्थान अहिले छोराले लिएको भान हुन्छ । आफूलाई चाहिँ कसैले वास्ता नगरेजस्तो लाग्छ ।

पहिले बालापनका साथीहरु राम्रो ठाउँमा पुगेपछि आफ्नै साथी बिर्सिन्छन् । तर, बुढेसकाल लागेपछि फेरि पनि उनीहरु आफ्नो बालापनको साथी खोज्दै आउने रहेछन् । त्यसले पनि मलाई आनन्द भर्ने गरेको छ । धेरै बोल्न सक्दिनँ । चाँडै थाक्ने गरेको छु । अहिले पातो पनि दुख्ने गरेको छ । त्यही भएर मात्र हो । होइन भने त मलाई बुढ्यौली समयमा मान्छे भेटिरहन साह्रै आनन्द आउँछ ।

मृत्युका बारेमा कत्तिको चिन्तन गर्नुहुन्छ रु मृत्युसित डर लाग्छ कि लाग्दैन ?

जीवन भएपछि मृत्युको चिन्तन त भइ नै हाल्छ । मैले पहिली श्रीमती गौरीलाई जवान उमेरमा नै गुमाउनुपर्‍यो । जवान हुँदा नै घाटमा लगेर जलाउनुपर्‍यो । बच्चाहरु पनि निकै साना थिए । त्यतिबेला म निकै भावुक भएको र डराएको थिएँ । मलाई त्यो घाटको बाटो हिँड्न पनि डर लाग्थ्यो ।

तर, ६० वर्षको उमेरपछि मलाई मृत्युको डर लाग्न छाड्यो । अहिले त विल्कुलै डर लाग्दैन । भगवानले यति धेरै आयु दिए भनेपछि अब पनि म मृत्युसँग किन डराउने रु सास जान गाह्रो नहोस्, अब त यत्ति मात्रै सोचाइ हुन्छ । म त मान्छेहरुको मायाले नै दंग छु ।

तपाईंको ऋतम्भरा महाकाव्यको लेखन कहाँ पुग्यो ?

त्यसको दुई सर्ग लेख्न बाँकी छ । महाकाव्य हो नि, समय लाग्छ । बीचमा बिरामी भएकाले लामो समय मैले लेख्नै सकिनँ । २र३ दिन भयो फेरि लेख्न थालेको छु । आज शुक्रबार बिहान कस्सिएर लेख्न थालेको, खाना खाएपछि साह्रै थाकेँ । नसकेपछि त्यसै छाडेको छु ।

कसैकसैले ठान्छन् कि मैले बोलेर अरुलाई लेख्न लगाउँछु होला । तर, म त्यस्तो सक्दिनँ । म त आफैं लेख्छु । कुनै पनि कविता एकपटक लेखेपछि बारम्बार त्यसलाई संशोधन र परिस्कार गरिरहन्छु । त्यसैले पनि समय लाग्छ नै ।

यस महाकाव्यको विषयवस्तुचाहिँ के हो ?

पहिलेका मानिसहरु अध्यात्मलाई मान्थे, जसले गर्दा उनीहरु धेरै संस्कारी हुन्थे । बाबुआमालाई सम्मान गर्नेखालका हुन्थे । तर, अहिले विज्ञानलाई मान्न थाल्दा बाबुआमालाई बृद्धाश्रममा पठाउने अवस्था सिर्जना भएको छ । बाबुआमालाई र गुरुलाई देवता समान मान्ने पुरानो संस्कार हराउँदै गएको छ । यस्तै विषयलाई हृदयपक्ष बनाएर मैले महाकाव्य लेखिरहेको छु । आफ्नो आत्मालाई आफैंले उद्धार गर । आफ्नो आत्मालाई आफैंले ननकार भन्ने कुरा यसको मूल हृदयपक्ष हो ।

ऋतम्भरा कुन धारामा आउँदैछ ?

मेरो स्वाभाव नै आफ्नै मौलिकतावादी धारामा आधारित भएर कविता लेख्ने हो । यो महाकाव्य पनि मैले मौलिक धारामा आधारित भएर लेखेको छु । म गाउँको मान्छे हुँ । गाउँको सद्भावना र प्रेमलाई मैले महाकाव्यमा भुल्न सकेको छैन । अर्को कुरा गीत भनुँ भनें कविता जस्तो र कविता भनुँ भने गीत जस्तो साहित्य लेख्ने गर्दछु । मौलिकता र विशिष्टताले नै वाल्मीकी रामायण, महाभारत आदि पुस्तकहरु दीर्घजीवी बनेका छन् । त्यसैले मैले पनि मौलिक धारामा नै काव्य लेख्ने गरेको हुँ ।

यो उमेरमा साहित्य सिर्जना गर्न कत्तिको कठिन हुन्छ ?  सिर्जनशीलता क्षय भएको महसुस गर्नुभएको छ कि छैन ?

९उमेरले० धेरै प्रभाव पर्दोरहेछ । अहिले केही लेख्न खोज्दा दर्शन धेरै आउँछ । तर, भावनाचाहिँ कमजोर हुन्छ । एकदमै भावविहृवल भएर आँसु आउँदैन । पहिले प्रेम भनेपछि एक्कासी भक्कानिएर रुन मन लाग्थ्यो । अहिले ‘प्रेम रु ठीकै छ त १’ भन्ने स्वभाव हुन थालेको छ । स्वभावैले म शब्दलाई पक्रिँदै गएपछि बल्ल त्यसलाई मालामा उनेर कविता लेख्ने कवि हुँ । जस्तो कि स्

उनको प्रीति पहिले हो कि, मेरो प्रीति पहिले ?

यसको पहिलो पंक्ति धेरै संघर्षपछि बल्ल बन्यो । त्यो नबनुन्जेलसम्म कस्तो बन्ने हो रु म आफैंलाई थाहा थिएन । बने पनि कस्तो बन्ने हो रु भन्ने थियो ।
त्यसपछि फेरि आउँछ स्

जान्दिनँ म एकैचोटि के भो कुन्नि कहिले  ?

दोस्रो पंक्ति फेरि धेरै लामो संघर्षपछि फुर्‍यो । अनि बल्ल म दंग परेँ । यसका लागि पनि धेरै दुःख लाग्यो ।

त्यसो त उमेरमा पनि कविता लेख्न मैले धेरै साधना गरेँ । ‘लाग्दछ मलाई रमाइलो’ गीत रचना गर्नका लागि मलाई कैयौं दिन लाग्यो । ‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो, हिमाल चुली मन्तिर पानी भर्ने पँधेरो’ तयार पार्नका लागि मात्रै मलाई ४ दिन लाग्यो ।

‘नेपाली हामी रहौंला कहाँ ‘’ रचना गर्नका लागि कैयौं दिन लाग्यो । अहिले ३५र४० वर्षसम्म पनि यी गीतहरु लोकप्रिय छन् । मैले त्यतिबेलाको दुःखको फल अहिले पाएको अनुभव गरिरहेको छु । तपाईंले सोधेको प्रश्नमा भन्नुपर्दा, म पहिलेजस्तो सिर्जना गर्न सक्दिनँ । दर्शन भने एकदमै फुर्ने गरेको छ ।

आधुनिक कविका कविताहरु कत्तिको पढ्ने गर्नुभएको छ  ?

एकाधलाई छाडेर कुरा गर्ने हो भने अहिलेका अधिकांश कविता त कविता जस्ता नै लाग्दैनन् । अहिले छन्दको कविता त धेरै कम भइसक्यो । गद्यमा पनि साधना र परिश्रमबिना नै कविता लेख्ने सिलसिलाले गर्दा ओजपूर्ण कविताहरु सिर्जना हुन सकेका छैनन् । हाम्रो समयमा कवि सम्मेलनहरु निकै धेरै हुन्थे । त्यही सम्मेलनमा गयो, अर्को कविको वाहवाही गर्‍यो, आफ्नो पनि सुनायो । ती दिनहरु साँच्चिकै रमाइला थिए ।

अहिले ती दिनहरु छैनन्  ?

अरुको सुन्ने कोही छैन । सरर आउँछन् हतार(हतारमा कविता सुनाउँछन् ।

म कवि थिइनँ ‘ तैपनि यिनीहरुले मलाई बोलाए ‘ म आएँ, कविता लेखेँ ‘।ल सुन्नुस् मेरो कविता ‘ भन्छन् । अब कविता सुरु भयो, होला भन्यो सकिइसक्दोरहेछ ।
हामी ९कवि० धेरै राजनीतिबाट प्रभावित भएका छौं । राजनीतिमा धेरै प्रयोग हुने शब्द हो, बलिदान । यो साहित्यमा पनि आवश्यक छ । कवितामा पनि वा साहित्यमा पनि बलिदान गर्न सक्नुपर्छ ।

कवि कलाकारले पनि गम्भीररुपमा लिनुपर्ने कुरालाई हल्कारुपमा लिएको भान मलाई हुन्छ । सबै गैरजिम्मेवार भए भन्न खोजेको भने हैन । केही गम्भीर पनि छन् । हिजोआज गजलहरु पनि गतिला गतिला हुन्छन् । त्योचाहिँ मन पर्छ । म पढ्छु पनि । तर, म गद्य कविताले मलाई तान्दै तान्दैन । त्यसैले म पढ्दै पढ्दिनँ ।

नेपाली साहित्यका त्रिमूर्ति ९लेखनाथ, लक्ष्मीप्रसाद र बालकृष्ण० मध्ये को बढी प्रतिभाशाली लाग्छ ?

प्रतिभाको कुरा गर्दा चाहिँ मेरो मूल्यांकनमा देवकोटा नै बढी प्रतिभाशाली हुन् । उनी अरुको भर पर्दैनन् । सिधै जान्छन् र लोकलाई आफूतिर आकर्षित गर्ने गरी साहित्य सिर्जना गर्छन् ।

विषयलाई छाडेर शैलीको कुरा गर्ने हो भने लेखनाथको साह्रै मीठो शैली हुन्छ । विषयवस्तु र भाव देवकोटामा साह्रै धेरै हुन्छ । भव्य हुन्छ । तर, कविता हो या हैन भन्ने शैलीको हुन्छ । लेखनाथको भने सुनेपछि छुट्टै आनन्द आउनेखालको शैली छ ।

जस्तो स्
कोइलीको कुहु आज सुन्यो राति जतिजति
उति उति नयाँ लाग्छ यो सारा सृष्टिपद्दति

ल हेर्नुस् त ऋषि बोलेजस्तो छैन ? कति सुमधुर छ ?कति कोमल छ  ?

अहिले कविता भन्नेहरु भन्छन् स्

छिनाल त्यो जनै भन्ने धागो ‘

एउटाले त्यो भन्छ, अनि अर्कोले वाह १ वाह १ वाह १ भन्न थाल्छ ।

किन भन्दा त नयाँ कुरा आयो रे । यस्तो पनि नयाँ कुरा हुन्छ ?

फूललाई देखेपछि देवकोटाले फूल नभनेर ईश्वरको हाँसो पाएका फूल भनेर भने । त्योचाहिँ नयाँ कुरा हो ।

अन्त्यमा, यहाँलाई भन्न मनलागेको कुरा केही छ

अरु त के भन्ने हो र रु सबैजना आ(आफ्नो किसिमले बाँच्नुहोस् । अरुप्रति लालायित र दुःखी नहुनुहोस् । मान्छे सधैं यहाँ रहँदैन । केही वर्षपछि मान्छे जाने नै हो । तर, केही वर्षपछि जाने हो भन्दैमा अहिलेदेखि नै खुट्टा नकमाउनुहोस् । एउटा कविता छ नि स्

नदीमा दिव्य संगीत, चुलीमा ज्योति धपधप
यसमा डुल्नु हो यश ९कीर्ति० यसमा भुल्नु हो तप

त्यसैले डर मान्ने होइन । प्रकृतिसँग बाँचुन्ज्याल प्रीति गाँसेर बाँच्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय

विहेको उमेरहद १८ वर्ष कायम गर्न संसदीय समितिको सुझाव

     प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको

कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी