चितवनको चौबिसकोटीमा रामधुलाई भए ज्ञानेन्द्र शाही



हाम्रो इकोनोमि

 

आफूलाई भ्रष्टाचारविरुद्धको अभियान्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) चितवनमा कुटिएका छन् । चौबिसकोटीमा कार्यक्रम गर्न गएका उनलाई स्थानीय युवाले कुटपिट गरेका हुन् । शाहीप्रति आक्रोशित देखिएका युवाले कार्यक्रम पनि बिथोलिदिएका छन् । शाहीमाथि युवाले कुटपिट गर्न थालेपछि प्रहरीले शाहीको उद्धार गरेको छ ।

उनको टाउको, खुट्टा तथा शरीरका अन्य भागमा चोट लागेको छ र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । शाहीलाई आक्रमण गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

युवाहरुले चितवनलाई राजनितिक अखडा बनाउन पाइँदैन भनेर उनीमाथि हातपात गरेका हुन् । उनीहरुले शाहीको कार्यक्रमको स्टेज भत्काइदिएका छन् भने ब्यानर पनि च्यातेर फालिदिएका छन् ।

घटनापछि स्थानीय युवा र शाही समर्थकबीच तनाव हुनसक्ने देखिएपछि प्रहरीले सुरक्षा सतर्कता अपनाएको छ । अहिले घटनास्थल छेउछाउ बाक्लो संख्या प्रहरी खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...