चितवनको चौबिसकोटीमा रामधुलाई भए ज्ञानेन्द्र शाही



हाम्रो इकोनोमि

 

आफूलाई भ्रष्टाचारविरुद्धको अभियान्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) चितवनमा कुटिएका छन् । चौबिसकोटीमा कार्यक्रम गर्न गएका उनलाई स्थानीय युवाले कुटपिट गरेका हुन् । शाहीप्रति आक्रोशित देखिएका युवाले कार्यक्रम पनि बिथोलिदिएका छन् । शाहीमाथि युवाले कुटपिट गर्न थालेपछि प्रहरीले शाहीको उद्धार गरेको छ ।

उनको टाउको, खुट्टा तथा शरीरका अन्य भागमा चोट लागेको छ र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । शाहीलाई आक्रमण गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

युवाहरुले चितवनलाई राजनितिक अखडा बनाउन पाइँदैन भनेर उनीमाथि हातपात गरेका हुन् । उनीहरुले शाहीको कार्यक्रमको स्टेज भत्काइदिएका छन् भने ब्यानर पनि च्यातेर फालिदिएका छन् ।

घटनापछि स्थानीय युवा र शाही समर्थकबीच तनाव हुनसक्ने देखिएपछि प्रहरीले सुरक्षा सतर्कता अपनाएको छ । अहिले घटनास्थल छेउछाउ बाक्लो संख्या प्रहरी खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...