कांग्रेससँग एजेण्डा नभएपछि ‘सी बिचारधारा’को विरोध



हाम्रो इकोनोमि

 

‘सी बिचारधारा’लाई लिएर अनावश्यक विवाद खडा नगर्न प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार डा.राजन भट्टराईले बताएका छन् ।

चीनका राष्ट्रपतिको बिचारधारामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूलाई प्रशिक्षण गरिएको उनले बताए । ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा बोल्दै डा.भट्टर्राइले चीनको विकासको मोडल नेपालमा भित्र्याउन खोजिएको बताए ।

उनले मुलुकलाई चिनियाँ मोडलमा लैजाने हल्लामा कुनै आधार नभएको बताए । डा.भट्टराईले भने, ‘हामी संविधानअनुसार अगाडि बढेका छौँ । चिनियाँ मोडलको व्यवस्था यहाँ आउँदैन । हामी बहुदलीय व्यवस्थाको पक्षमा छौँ ।’

नेपाली कांग्रेसले सी विचारधाराको विरोध गरेकोमा सल्लाहकार डा.भट्टराईले भने, ‘नेपाली कांग्रेससँग एजेण्डा छैन । एजेण्डा बिहीन भएको कांग्रेसले अनावश्यक विरोध गरेको मात्रै हो ।’

चीनको बीआरआई प्रोजेक्टमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला सम्झौता भएको डा.भट्टराईले बताए ।

‘बीआरआई शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला सम्झौता भएको हो’, उनले भने, ‘यो सरकारले बीआरआईको सम्झौतालाई कार्यान्वयन मात्रै गरेको हो ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...