कांग्रेससँग एजेण्डा नभएपछि ‘सी बिचारधारा’को विरोध



हाम्रो इकोनोमि

 

‘सी बिचारधारा’लाई लिएर अनावश्यक विवाद खडा नगर्न प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार डा.राजन भट्टराईले बताएका छन् ।

चीनका राष्ट्रपतिको बिचारधारामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूलाई प्रशिक्षण गरिएको उनले बताए । ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा बोल्दै डा.भट्टर्राइले चीनको विकासको मोडल नेपालमा भित्र्याउन खोजिएको बताए ।

उनले मुलुकलाई चिनियाँ मोडलमा लैजाने हल्लामा कुनै आधार नभएको बताए । डा.भट्टराईले भने, ‘हामी संविधानअनुसार अगाडि बढेका छौँ । चिनियाँ मोडलको व्यवस्था यहाँ आउँदैन । हामी बहुदलीय व्यवस्थाको पक्षमा छौँ ।’

नेपाली कांग्रेसले सी विचारधाराको विरोध गरेकोमा सल्लाहकार डा.भट्टराईले भने, ‘नेपाली कांग्रेससँग एजेण्डा छैन । एजेण्डा बिहीन भएको कांग्रेसले अनावश्यक विरोध गरेको मात्रै हो ।’

चीनको बीआरआई प्रोजेक्टमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला सम्झौता भएको डा.भट्टराईले बताए ।

‘बीआरआई शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला सम्झौता भएको हो’, उनले भने, ‘यो सरकारले बीआरआईको सम्झौतालाई कार्यान्वयन मात्रै गरेको हो ।’

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...