नौविसे–नागढुङ्गा सडकखण्ड जाम घटाउन ट्रक रोक्नुपर्ने सीतारामका नौ सुझाव



हाम्रो इकोनोमि

 

नौविसे–नागढुङ्गा सडकखण्डमा लगातार चार दिनदेखि घण्टौँसम्म सवारी जाम हुने गरेको छ । देशका ७७ वटै जिल्लाबाट काठमाडौँ भित्रने अधिकांश सवारीसाधन यहि नौविसे–नागढुङ्गाको मुख्य नाका प्रयोग गर्छन् । तर यो सडकमार्ग निकै अव्यवस्थित छ, जसले गर्दा अत्यधिक जाम हुने गर्छ । यो तथ्य जान्दाजान्दै पनि सवारी जाम खुलाउनेबारे ठोस पहल अहिलेसम्म हुन सकेको छैन ।

शुक्रबार मात्र जामकै कारण रौतहटबाट उपचारका लागि काठमाडौँ आउदै गरेका बिरामीको मृत्यु भएको छ । रौतहटको गरुडा–८ का ३५ वर्षका रुपलाल साहको पृथ्वीराजमार्गस्थित महादेवबेसी बजारमा जाममा पर्दा मृत्यु भएको आफन्तको भनाइ छ । ना ७ ख ५३६४ नम्बरको गाडीमा चढेर काठमाडौँ उपचारका लागि हिँडेका साह शुक्रबार बिहान २ बजेबाट नौविसे नागढुगाको जाममा परेका थिए ।

साँघुरो सडक, त्यसमाथि खाल्डाखुल्डी । तिनै खाल्डाखुल्डी पुर्ने काम अहिले पनि जारी नै छ । त्यतिमात्रै होइन, खाल्डाखुल्डी सडकका कारण अधिकांश गाडी पनि यहि सडकमा बिग्रने गर्दा अरु जाम बढ्दै गएको प्रहरीले जनाएको छ । जसका कारण बाहिरबाट काठमाडौँ आउने तथा काठमाडौँबाट बाहिर जाने सवारी साधनहरु १२ किलोमिटरको दुरीमा १० घण्टा बढी जाममा बस्न बाध्य छन् ।

यति लामो समय जाम हुँदा समेत सडक विभाग, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले जाम हटाउने ठोस पहल नथालेको  सवारी चालक तथा यात्रुहरुको गुनासो छ ।

ट्राफिक भोलुन्टियरको भूमिका निर्वाह गरिरहेका तथा पूर्व ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथु नौविसे–धादिङ सडक खण्डमा बढेको सवारी जाम घटाउन समयमै सरकारले पहल नथाले दसैँका बेलामा काठमाडौँबाट बाहिरिने लाखौँ यात्रुहरु अलपत्र पर्न सक्ने बताउँछन् ।

‘प्रधानमन्त्रीको निर्देशनपछि बल्ल सडकका खाल्डा पुर्ने काम सुरु भएको छ । यो काम पहिला नै गर्नुपथ्र्यो,’ हाछेथुले भने, ‘साँघुरो सडक, त्यसमाथि दसैँको मुखमा सवारी साधनको अत्यधिक चाप र खाल्डाखुल्डीसमेत यहि बेला पुर्न थाल्दा समस्या भएको हो ।’

स्वयम्सेवक हाछेथुले तत्काल सरकारले यसमा एक्सन लिनुपर्ने पनि बताए । उनले शुक्रबार सडकखण्डामा लामो जाम हुँदा मानिसले ज्यानै गुमाउनुपरेको भन्दै जाम खुलाउन तथा यात्रुको सुरक्षाका लागि तत्काल लागु गर्नुपर्ने ९ वटा सुझाव कार्यान्वयन गर्न सके राहत मिल्ने बताएका छन् ।

यस्ता छन् सीतारामका नौ सुझाव :

–धादिङबाट काठमाडौँ आउने ट्रिपरलाई राती १० बजेपछिमात्रै छिर्न दिने ।

–कन्टेनर र ट्रकलाई प्रत्यक दिन र बेलुका ६ बजेदेखि १० बजेसम्म उक्त सडकमा चल्न नदिने ।

–सडकको खाल्डाखुल्डी पुर्ने काम राति १० बजेदेखि विहान चार बजेसम्म मात्र गर्ने ।

–यो सडक खण्डमा कुनै पनि सवारीसाधनलाई ओभरटेक गर्न नदिने, गरे तत्काल कारवाही गर्ने ।

–यो क्षेत्रमा ट्राफिक जनशक्ति बढाउने÷क्रेनको संख्या १ मात्रै रहेकाले ४ वटा पुर्याउने ।

– सवारी साधन बिग्रेको खण्डमा तत्काल मर्मत गर्ने मिस्त्रीको व्यवस्था राजमार्गमै तैनाथ राख्नुपर्ने ।

–  यातायात व्यवस्था विभाग, सडक विभाग र ट्राफिक प्रहरीका अधिकृत तैनाथ राख्नुपर्ने ।

– दसैँ वा चाडवाडका बेला धेरै सवारीसाधन आवतजावत गर्ने भएकाले एम्बुलेन्स र चिकित्सक समेत तैनाथ राख्नुपर्ने ।

– सवारी जाम भए, तत्काल प्रचारप्रसार गर्ने । यसले मानिसहरु जाम छ भन्ने सुनेपछि अर्को विकल्प खोज्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...