एसिड पिडित मुस्कानलाई बरुण र कृतीको भिडियोकल



हाम्रो इकोनोमि

 

केही हप्ता अगाडि विधालयबाट फर्किने क्रममा विरगञ्जमा एसिड आक्रमणमा परिन् १४ वर्षिय मुस्कान खातुन । उनी यतिबेला किर्तिपुर अस्पतालमा उपचाररत छिन् । उनै खातुनलाई बलिउडका दुई कलाकारहरुले भिडियो सन्देश पठाएका छन् ।

बलिउड नायिका कृती सेननले मुस्कानसँग भिडियो कलमा कुरा गरेकी थिइन् । त्यसपश्चात उनले नायक बरुण धवनलाई यसबारे जानकारी गराएपछि बरुणले पनि भिडियो सन्देश पठाएका छन् । मुस्कान बरुण त कृतीको फ्यान हुन् ।

कृतीले भिडियो कल गर्दै भनेकी छिन्- ‘अहिले तिमी उपचारका लागि अस्पतालमा भर्ना भएकी छ्यौ । चाडै नै निको भएर घर फर्किनेछ्यौ भन्ने मेरो कामना छ । आशा छ, हामी चाँडै भेट्नेछौ ।’

यस्तै बरुणले भनेका छन्-‘मुस्कान, मलाई तिम्रो बारेमा कृतीले जानकारी गराएकी थिइन् । मैले थाहा पाए अनुसार, तिमीलाई अध्ययन गर्न निकै नै मनपर्छ । म चाहन्छु तिमि ठिक भएपछि फेरि पढ्नुपर्छ । तिमी ठिक भएपछि म तिमीलाई भेट्नेछु । तिमी चाडै नै निको हुँदैछौ । तिमी राम्रो गर्दैछ्यौ । धेरै धेरै प्रेम छ ।’

यस्तै, ‘दि भ्वाइस अफ नेपाल’का कोच तथा गायक राजु लामाले पनि मुस्कानलाई अस्पतालमै पुगेर भेटेका छन् । मोडल नीति शाहले पनि मुस्कानलाई भेटेर उनको हिम्मत बढाउने काम गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...