एसिड पिडित मुस्कानलाई बरुण र कृतीको भिडियोकल



हाम्रो इकोनोमि

 

केही हप्ता अगाडि विधालयबाट फर्किने क्रममा विरगञ्जमा एसिड आक्रमणमा परिन् १४ वर्षिय मुस्कान खातुन । उनी यतिबेला किर्तिपुर अस्पतालमा उपचाररत छिन् । उनै खातुनलाई बलिउडका दुई कलाकारहरुले भिडियो सन्देश पठाएका छन् ।

बलिउड नायिका कृती सेननले मुस्कानसँग भिडियो कलमा कुरा गरेकी थिइन् । त्यसपश्चात उनले नायक बरुण धवनलाई यसबारे जानकारी गराएपछि बरुणले पनि भिडियो सन्देश पठाएका छन् । मुस्कान बरुण त कृतीको फ्यान हुन् ।

कृतीले भिडियो कल गर्दै भनेकी छिन्- ‘अहिले तिमी उपचारका लागि अस्पतालमा भर्ना भएकी छ्यौ । चाडै नै निको भएर घर फर्किनेछ्यौ भन्ने मेरो कामना छ । आशा छ, हामी चाँडै भेट्नेछौ ।’

यस्तै बरुणले भनेका छन्-‘मुस्कान, मलाई तिम्रो बारेमा कृतीले जानकारी गराएकी थिइन् । मैले थाहा पाए अनुसार, तिमीलाई अध्ययन गर्न निकै नै मनपर्छ । म चाहन्छु तिमि ठिक भएपछि फेरि पढ्नुपर्छ । तिमी ठिक भएपछि म तिमीलाई भेट्नेछु । तिमी चाडै नै निको हुँदैछौ । तिमी राम्रो गर्दैछ्यौ । धेरै धेरै प्रेम छ ।’

यस्तै, ‘दि भ्वाइस अफ नेपाल’का कोच तथा गायक राजु लामाले पनि मुस्कानलाई अस्पतालमै पुगेर भेटेका छन् । मोडल नीति शाहले पनि मुस्कानलाई भेटेर उनको हिम्मत बढाउने काम गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...