नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले भने नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा पार्टीमा नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने माग अझ बलियोगरी आउने बताएका छन् ।

रामेछापको मन्थलीमा विहीबार प्रेस युनियनले गरेको पत्रकार भेटका क्रममा ‘गएको महासमिति बैठकमा ८ सय प्रतिनिधिले हस्ताक्षर गरी राखेको माग अझ बलियोगरी आउने’ कोइरालाको दाबी थियो ।

पार्टीभित्र घात प्रतिघातको साटो एकढिक्का भए कुनै शक्तिसँग कांग्रेस पराजित हुनु नपर्ने बताएका उनले त्यसका लागि कार्यकर्ता पंक्तिबाट पनि दबाब हुनुपर्ने बताए । सरकारबारे टिप्पणी गरेका उनले कुनै नयाँ योजना नआएको तर सपनामात्र बाँडिएको बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...