समाजवाद भनेको के हो नेपालको कम्युनिष्टलाई थाहा छैन : नेता पौडेल



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको सिद्धान्तमै अलमल रहेको बताएका छन् । आफ्नै सिद्धान्तको टुंगो लगाउन नसकेका कम्युनिष्टहरुले मुलुकलाई असफल पार्न खोजेको पौडेलले आरोप लगाए ।

दाङमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले भने, ‘कम्युनिष्टहरु हिँजोसम्म मार्क्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथ, जनताको जनवाद के-के हुँदै अहिले सी पथमा पुगेका छन् । समाजवादउन्मुख राज्य भन्दै हिँडेका छन्, तर नेपालको समाजवाद के हो भन्ने सक्दैनन् ।’

कम्युनिष्टहरुले छलछामको राजनीति गरेको र जनतालाई गुमराहमा राख्ने काम गरिरहेको पौडेलको आरोप छ । उनले भने, ‘आफूहरु सिद्धान्तमा नै कन्फुज भएपछि जनतालाई पनि कन्फुजनमा राख्ने प्रयास गरिरहेका छन् ।’

नेता पौडेलले कांग्रेस सरकारले सम्पन्न गरेका आयोजनाहरु उदघाटन गर्ने र त्यही मञ्चबाट कांग्रेसलाई गाली गर्ने गरेको आरोप लगाए । कम्युनिष्ट नेताहरुले फेरि अर्को आन्दोलन आवश्यक भएको बताउदै हिँड्न थालेको बताउँदै उनले यो अकोर्े मूर्खता मात्रै हुने पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...