रेमिटेन्स गर्दा २ जनाले पाए २ लाख



हाम्रो इकोनोमि

 

हरेक वर्षको दशैंमा विभिन्न योजनाहरु ल्याउँदै आएको हिमाल रेमिटबाट रेमिटेन्स गरेबापत विभिन्न उपहार दिँदै आएको हिमाल रिमिटले यो वर्ष पनि दशैं आयो रेमिट गरौं, हिमालबाट १० लाख जितौं’ योजनाअन्तर्गत दुई नेपालीले १–१ लाख रुपैयाँ उपहार पाएका हुन् । यूएईमा रहेको यूएई एक्सचेञ्जबाट हिमाल रेमिटबाट नेपाल पैसा पठाएबापत पाइने उक्त योजना भदौ ८ गतेदेखि सुरु भएको थियो गोलाप्रथाद्वारा विजेता छानिने यो योजना असोज १९ सम्म रहने हिमाल रेमिटका यूएई प्रतिनिधि कमल पराजुलीले जानकारी दिए ।

हरेक साता एक–एक जना गरी ५ जनालाई १–१ लाख र अन्तिममा एक जनालाई ५ लाख रुपैयाँको उपहार रहेको यो योजनामा हालसम्म दुई जनाले १–१ लाख रुपैयाँ पाएका छन् । १५ महिनाअघि यूएई आएर अजमानको नेस्टो हाइपरमार्केटमा काम गर्दै आएका सुमन मगर र एमएबी फेसिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत मकवानपुर फापरबारीकी उर्मिला माया मोक्तानले १–१ लाख रुपैयाँ पाएका हुन् भने बाँकी योजना क्रममा वितरण गरिने हिमाल रेमिट यूएईका प्रतिनिधि कमल पराजुलीले जानकारी दिए ।

यूएई व्यप्त बन्दै गइरहेको हुन्डी रोक्न दूतावासलगायत विभिन्न संघ–संस्थाहरुले विभिन्न कार्यक्रम गर्दै आए पनि खासै काम हुन नसकेको हुण्डीलाई यस्ता अफर योजनाहरुले अन्त्य गर्न सक्ने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...