नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच यस्ता समझदारी पत्रमा हस्ताक्षर हुँदै



हाम्रो इकोनोमि

 

नेपाल र चीनका कम्युनिष्ट पार्टीबीचको आपसी सहयोगका विषयमा सम्झौता पत्रमा हस्ताक्षर गरी सोमबारदेखि जारी विचार आदान–प्रदान कार्यक्रम सकिँदै छ ।

सम्झौता पत्रमा दुवै पार्टीबीच सहयोग, सहकार्य, गोष्ठी तथा उच्चस्तरीय भ्रमण आदान प्रदान गर्ने विषयलाई पनि महत्वका साथ राखिएको छ ।

समझदारीपत्रमा नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले हस्ताक्षर गर्नेछन् ।

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएपछि दुई दिनदेखि जारी छलफल कार्यक्रम सकिने छ ।

कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट विभिन्न ३ वटा कार्यपत्र प्रस्तुत भएको र नेपाल कम्युनिष्ट पार्टीले २ वटा कार्यपत्र प्रस्तुत गरेको छ ।

चिनियाँ कम्युनिष्ट शासन पद्धति, त्यहाँको विकासका चरणहरु बुझ्न नेकपाले चिनियाँ कम्युनिष्ट पार्टीसँगको सहकार्यमा छलफल कार्यक्रम राखेको हो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...