रामेछाप कप फुटसलको उपाधी अनेरास्ववियूलाई



हाम्रो इकोनोमि

 

प्रथम रामेछाप कप फुटसल प्रतियोगिताको उपाधि अनेरास्ववियू रामेछापले जितेको छ । आइतबार भएको फाइनल खेलमा लिखु भुजी युवा क्लब रामेछापलाई टाई ब्रेकरमा २–० ले पराजित गर्दै अनेरास्ववियूले उपाधि जितेको हो । शान्तिनगरस्थित शान्तिनगर फुटसलमा भएको फाइनल खेल निर्धारित समयसम्म गोलरहित टुङ्गिएपछि टाई ब्रेकरमार्फत विजेताको टुङ्गो लगाइएको थियो ।

टाई ब्रेकरमा अनेरास्ववियूका दुई खेलाडीले गोल गर्दा लिखु भुजीका कुनै पनि खेलाडीले गोल गर्न सकेनन् । यस्तै, डाइनामिक युथले तेस्रो स्थान हात पा¥यो । तेस्रो स्थानका लागि आइतबार नै भएको खेलमा महाकाली युवा क्लबलाई २–० ले पराजित गर्दै डाइनामिक तेस्रो भएको हो । डाइनामिकका लागि नविन गुरुङ र समिर तामाङले एक÷एक गोल गरेका थिए । उपाधिसँगै अनेरास्ववियूले २५ हजार प्राप्त गरेको छ । यस्तै, दोस्रो भएको लिखु भुजीले १५ हजार र तेस्रो भएको डाइनामिकले १० हजार पुरस्कार प्राप्त गरेको छ ।

विजेता टोली र खेलाडीहरूलाई रामेछाप जिल्लाका सांसद श्यामकुमार श्रेष्ठ, जिल्ला विकास खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष पुरुशोत्तम कडेरिया, भलिवलका राष्ट्रिय रेफ्री सिताराम कार्की, व्यवसायी राकेश श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
विजेता टोलीलाई शुभकामना दिदै सांसद श्रेष्ठले समाचारमार्फत सबैलाई सूसुचित गर्ने पत्रकारहरूले फुटसल प्रतियोगितामार्फत जिल्लाबासीलाई जोड्ने महत्वपूर्ण काम गरेको बताएका थिए । रामेछाप–काठमाडौं पत्रकार समाजले आयोजना गरेको प्रतियोगितामा रामेछाप जिल्ला भरिबाट २७ टोलीले सहभागीता जनाएका थिए । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरी प्रतियोगिताको सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...