श्रीमानले छोडेपछि राजमार्गमा गाडी चलाउने महिला, रुँदै श्रीमानलाई भनिन्, ‘कान्छि लिएर घर आउ, संगै मिलेर बसौ’



हाम्रो इकोनोमि

 

बिहान ४ बजेबाट सुरु हुन्छ पूजा गुरुङ्गको दैनिकी । उनले घरमा बुंगुर पनि पालेकी छन् । बिहान ४ बजे उठेपछि उनी बुंगुरलाई दानापानी गरेर पिक भ्यान लिएर नारायणगढको सब्जीमण्डी पुग्छिन् । त्यसपछि दिनभरी तरकारी बेचेर उनी राती अबेर १० बजे फेरी घर पुग्छिन् । पूजा आँफैले गाडी चलाउँछिन् । उनको आफ्नै गाडी छ । गाडी लोड भएको तरकारी उनको नारायणगढ मुग्लिन सडकखण्डमा बिक्री हुन्छ । सडक छेउका स्थानीयले उनको तरकारी खरिद गर्छन् । आँफैले गाडी चलाएर गाडीमा तरकारी बेच्ने भएकाले उनलाई नारायणगढ मुग्लिन सडकखण्डका सबैले उनलाई चिन्छन् ।

तरकारी बेच्न भन्दा पहिला पूजाको पेशा घरेलु मदिरा उत्पादन थियो । उनले लामो समय मदिरा आँफैले उत्पादन गरेर बेचिन् । पछि प्रहरी प्रशासनको डर र दुख धेरै भएपछि उनी तरकारी बेच्न थालेकी हुन् । ‘पहिला यहि ठाउँमा साईकलमा बेचेको हो तरीकारी’ उनले भनिन्, ‘अहिले गाडीमा बेच्ने थालेको छु, रमाईलो नै भइरहेको छ ।’दैनिक १५ देखि २० हजारसम्मको तरकारी उनले सडकमै बेच्छिन् । छोराछोरीलाई राम्रो स्कलुमा पढाएकी छन् भने अन्य आधारभुत आवश्यकता सजिलै पुरा भएको छ । व्यापारले पूजालाई साथ दिएपनि पारिवारिक सुख भने मिलेको छैन । ‘कान्छि लिएर श्रीमान छेट्टै बसेका छन्’ हामीसँग कुरा गर्दै उनले भनिन्, ‘बरु कान्छी लिएर घर आउनु, मिलेर बसौला

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...