वामदेव गौतमले भने कास्की–२ मा उठ्दिनँ



हाम्रो इकोनोमि

 

सत्तारूढ नेकपा नेता वामदेव गौतमले पार्टीलाई कास्की–२ बाट आफू उपनिर्वाचन नलड्ने भएका छन् । गौतमले कास्की २ बाट चुनाव उठ्नु फेरि पराजित हुनु हो भन्दै त्यहाँबाट आफू नउठ्ने शनिबार सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

‘मंसिर १४ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिन आग्रह गर्ने अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालप्रति आभार प्रकट गर्छु तर म चुनावमा उठ्दिनँ,’ गौतमले भनेका छन् । त्यहाँ स्थानीय नेतालाई नै चुनावमा उठाउन गौतमले अध्यक्षद्वयलाई आग्रह गरेका छन्।

२०७४ मा भएको प्रतिनिधिसभा चुनावमा गौतम बर्दिया १ बाट पराजित भएका थिए। यसअघि कास्की २ बाट गौतम उपचुनावमा उठ्ने चर्चा थियो।

हेलिकप्टर दुर्घटनामा प्रतिनिधिसभा सदस्य एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की २ मा उपनिर्वाचन हुँदै छ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...