मन्त्री लालबाबु पण्डितले भने एनजिओलाई तह लगाउने योजना बनाएको छु



हाम्रो इकोनोमि

 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जथाभावी तालीम दिने एनजिओहरुलाई तह लगाउने योजना बनाएका छन् । जनप्रनिधि तथा कर्मचारीको क्षमता अभिबृद्धिको नाममा जसले पनि तालीम दिन थालेपछि यसमा कडाई गरिने भएको हो । जनप्रतिनिधि तथा कर्मचारीको क्षमता बृद्धि गर्न सरकारले स्थापना गरेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २५औं बार्षिकउत्सको कार्यक्रममा मन्त्री पण्डितले अव कुनै पनि तालीमका कार्यक्रम प्रतिष्ठानमार्फत लागू गर्नुपर्ने बताए । एउटै बिषयमा बहुरुपी तालीम तथा प्रशिक्षण हुन थालेपछि कर्मचारी तथा जनप्रतिनिधिहरु यसैमा ब्यस्त हुन थालेको गुनासो आउन थालेको छ ।

सहयोग सवैको लिने तर कार्यान्वयन प्रतिष्ठानमार्फत गरिने मन्त्री पण्डितले बताए । टुरिष्ट भीषामा नेपाल आएकाहरु पनि कर्मचारी र जनप्रनिधिलाई प्रशिक्षण दिन थालेपछि मन्त्री पण्डित निक्कै रुष्ट भएका छन् । कर्मचारी समायोजको काम सकिएका कारण अव परिणाम निस्कने काम गर्न उनले कर्मचारीहरुलाई आग्रह गरे । नेपालको कर्मचारी समायोजनको काम अन्य मुलुकमा भन्दा छिटो सकिएको बताउँदै मन्त्री पण्डितले आगामी योजना निर्माण गर्न आधुनिक प्रणाली अबलम्बन गर्ने दावी पनि गरे ।

 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल, उच्चस्तरीय प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहाल, शिक्षा मन्त्रालयका सचिव महेश दाहाल,गाउँपालिका महासंघ नगरपालिका संघ लगायतका प्रतिनिधिले प्रतिष्ठानको काममा सहयोग गर्ने बचन दिएका थिए । प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठले प्रतिष्ठानले नीति निमयमा सुधार गर्दै अझै अब्बल तरिकाले काम गर्ने बताए । स्थानीय तहको क्षमता अभिबृद्धि गर्ने योजनाका साथ स्थापना भएको यो प्रतिष्ठान २६ बर्ष पुरा गरेर २७ बर्षमा प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...