के गर्दैछ विप्लव, यस्तो छ नयाँ रणनीति



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कतिपय केन्द्रीय नेता, जिल्ला ईन्चार्ज र सेक्रेटरी लगायतका नेता तथा कार्यकर्ताहरु एकपछि अर्को गर्दै धमाधम प्रहरीले पक्राउ गर्न थालेपछि कतिपयले पार्टी परित्याग गरिरहेका छन् भने कतिपय पलायन हुन थालेका छन् ।

यस्तो परिस्थिति सिर्जना भएपछि विप्लवले नयाँ रणनीति बनाएको श्रोतले बताएको छ । श्रोतका अनुसार स्थायी समिति,पोलिटव्युरो र केन्द्रीय समिति भंग गरेर पाँच सदस्यीय हाईकमाण्ड गठन गरेका विप्लवले नयाँ रणनीति निर्माणका लागि हाईकमाण्डमा पटक–पटक छलफल गरेका थिए ।

नयाँ रणनीतिअनुसार आफ्ना विश्वासिला मान्छेहरु राखेर पार्टी पुर्नगठन गर्दै अघि बढ्ने नीति लिएको छ । पार्टीको रणनीति र कार्यनीति चुहिन नदिन आन्तरिक सम्बन्धलाई पनि कडाई पारिएको छ । पार्टीका केन्द्रीय नेताहरु पक्राउ परेपछि पार्टीका आन्तरिक गोप्य कुराहरु बाहिर आएको हुनसक्ने कुरालाई मध्येनजर गर्दै नयाँ राणनीति लिईएको छ ।

जसअनुसार सरकारसँगको वार्ता सम्बन्धी रणनीतिलाई पनि अख्तियार गरिएको छ । सरकारले वार्ता गर्ने हल्ला फिजाँएर आफ्नो शक्तिलाई क्षिण पार्न खोजेको हुनसक्ने आशंका गर्दै त्यस कुरामा नअल्झि पार्टीलाई व्यापक पुर्नगठन गर्ने निर्णय हाईकमाण्डले गरेको छ । एक नेताका अनुसार सरकारसँगको वातालाई अहिले पार्टीले पर्ख र हेरको रुपमा लिएको छ ।

सरकारसँगको वार्ता अगाडी बढाएर आफ्ना नेता तथा कार्यकर्ताहरुलाई छुटाउने नीति पनि अघि सार्ने विषयमा एकल जिम्मा विप्लवलाई दिईएको ती नेताले बताए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले हिंसात्मक गतिविधिमाथि प्रतिवन्ध लगाएको छ । राजनीतिक रुपमा प्रतिबन्ध लगाएको सरकारले विप्लव समूहलाई वार्ताको माध्यमबाट नै समस्याको समाधान गर्न चाहेको बताउदै आएको छ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विप्लव समूहले हिंसात्मक गतिविधि त्यागे वार्ता प्रकृया अगाडी बढ्ने बताउँछन् । तर विप्लव समूहका एक केन्द्रीय नेताले भने सरकारले वार्ताको जालो फ्याँकेर आफूहरुलाई फँसाउन खोजेको बताउँछन् ।

२०६९ को असारमा पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिरहेको तत्कालीन एकीकृत नेकपा माओवादी विभाजन गरी मोहन वैद्य नेतृत्वको नेकपा –माओवादी गठन हुँदा विप्लव केन्द्रीय सचिव बनेका थिए । महासचिवका दाबेदार रहेका विप्लव नेकपा– माओवादी क्रान्तिकारी हुन नसकेको भन्दै २०७१ मंसिरमा वैद्यसँग छुटेर छुट्टै पार्टी गठन गर्दै भूमिगत भएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...