देउवाले संसदमा दिए यस्तो चेतावनी



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभाको चालु अधिवेशनको अनितम दिन विपक्षी दलका नेता शेरबहादुर देउवाले आगामी अधिवेशन सरकारका लागि सहज नहुने संकेत गरेका छन् ।

सरकारले सरकारी कर्मचारी र सुरक्षा निकायलाई पार्टी कार्यकर्ताजस्तो बनाएको भन्दै उनले यस्ता गतिविधि जारी राखे धेरै दिन संसद बन्द हुने चेतावनी दिएका हुन् ।

‘सरकारी कर्मचारी कुनै पनि पार्टीको कार्यकर्ता बन्ने र बनाउने कार्य अक्ष्यम्य अपराध हो’ कांग्रेस सभापति देउवाले संसदमा भने, ‘म स्पष्ट रुपमा भन्न चाहन्छु, जनताले तिरेको ट्याक्सबाट तलब खाने, कुनै पार्टीको कार्यकर्ताजस्तो हुने कुनै हालतमा हुन सक्दैन, धेरै दिनसम्म रोष्टम बन्द हुन्छ ।’

शान्तिपूर्ण रुपमा भेला हुँदा बाँकेमा कांग्रेस नेताकार्यकर्तामाथि आक्रमण भएको भन्दै उनले उनीहरुलाई कारबाही गराउन पनि संसद अवरुद्ध गर्न पर्नु दुःखद रहेको बताए ।
जनताको जीउधनको सुरक्षा गर्नुपर्ने सरकार आफैंले राज्य आतंक सृजना गर्न खोजेको उनको आरोप छ ।

सरकारले संविधानको मर्म र भावनाअनुसार काम नगरेको तथा डेढ वर्षसम्म संविधानलाई सर्वस्वीकार्य बनाउन, संविधानप्रति जनताको अपनत्व कायम गर्न र संविधानको मर्म र भावनाअनुसार बाँकी कार्यभार पूरा गर्न असफल भएको देउवाले बताए ।

सरकारको चर्को आलोचना गरेका उनले सरकारले न्यायपालिकामा हस्तक्षेप गरेको र व्यवस्थापिकालाई खेलौना बनाएको र सरकारलाई निगरानी गर्ने संवैधानिक निकायलाई नियन्त्रणमा राख्न खोजेको आरोप लगाए ।

अहिलेकै सरकारको पालामा वाइडबडी काण्ड, सुनकाण्ड, बालुवाटार जग्गा काण्डजस्ता ठूला भ्रष्टाचारका घटना भएको भन्दै उनले सिंगो राज्य संरचना नै भ्रष्टीकरण भएको दाबी लगाए । उनले भने, ‘भ्रष्टाचारको कुनै पनि मुद्दामा उन्मुक्ति दिनुहुन्न छानबिन गर्नुपर्छ । त्यसका लागि प्रतिपक्षको साथ छ ।’

विवादास्पद र गैरसंवैधानिक विधेयकहरु ल्याएका कारण सरकारप्रति असन्तुष्टि बढेको भन्दै उनले यसलाई व्यवस्थाप्रतिकै असन्तुष्टिको रुपमा प्रचार नगर्न पनि उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...