मुक्तिनाथ विकास बैंकद्धारा खाद्यन्न सहयोग



हाम्रो इकोनोमि

 

मुक्तिनाथ विकास बैंक लिले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राइनास नगरपालिका – ५, पाउदीको ढिक, लमजुङ्गको सर्वोदय सेवाश्रमद्धारा सञ्चालन गरेको जेष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

उक्त सर्वोदय सेवाश्रमका जेष्ठ नागरिक आश्रममा १३ जना जेष्ठ नागरिक रहेका छन् । सर्वोदय सेवाश्रमको वार्षिकोत्सवको अवसर पारेर बैंकले खाद्यान्न प्रदान गरेको हो । उक्त सहयोग खाद्यान्न मुक्तिनाथ विकास बैंकका डुम्रे शाखाका प्रमुख ईश्वर सापकोटाले सर्वोदय सेवाश्रममा हस्तान्तरण गरे ।

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी रहेका १२० वटा शाखाबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बैँकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका ब्त्ः बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...