प्रधानमन्त्रीलाई भेटेपछि श्वेताले भनिन्ः मेरो जाँगर थपियो



हाम्रो इकोनोमि

 

अभिनेत्री श्वेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर आफ्नो पहलमा निर्माणधिन माझी बस्तीको प्रगतिबारे जानकारी गराएकी छन् । भेटमा प्रधानमन्त्री ओलीले उनको कामको प्रशंसा गरेका थिए ।

श्वेताले भेटघाटको तस्वीर फेसबुकमा हाल्दै प्रधानमन्त्रीको प्रतिक्रियाबाट आफू उत्साहित भएको बताएकी छन् । उनले लेखेकी छन्, ‘उहाँले प्रकट गर्नुभएको सकारात्मक विचार र दृढ इच्छाशक्ति देखेर म त दंग भएँ । प्रधानमन्त्रीज्यूबाट प्राप्त हौसला र उत्साहरुपी उर्जाका शब्दहरुले मभित्र भिन्नै जाँगर थपिदिएको छ ।’

श्वेताले प्रधानमन्त्री ओलीसँग आधा घन्टा कुराकानी गरेकी थिइन् । उनले निर्माणाधिन माझीवस्तीमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता प्रधानमन्त्रीबाट पाएको बताइन् ।

‘माझीबस्तीबारे प्रधानमन्त्रीलाई धेरै कुरा पहिल्यै थाहा रहेछ, उहाँले मलाई बधाई र धन्यवाद दिनुभयो,’ श्वेताले सुनाइन् ।

माझी वस्तीमा अहिलेसम्म सरकारबाट राम्रो सहयोग र समन्वय पाइरहेको भन्दै उनले पनि प्रधानमन्त्रीलाई धन्यवाद दिएकी थिइन् ।

माझी बस्तीलाई चार करोड अपुग

श्वेताले स्थापना गरेको श्वेता श्री फाउन्डेसनद्वारा सिन्धुपाल्चोकमा निर्माणाधिन माझी बस्ती अन्तिम चरणमा छ । उक्त बस्तीमा ५३ वटा घर रहेका छन् ।

श्वेताका अनुसार दशैंदेखि नै माझीहरुलाई घरमा प्रवेश गराइने छ । तर, बस्तीको औपचारिक हस्तान्तरण भने पुस–माघतिर गरिने उनले बताइन् ।

‘घरहरु बस्नयोग्य भइसकेका छन्, तर अझै पनि बस्तिको धेरै काम बाँकी नै छ, माघसम्म सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने योजनामा छौं,’ उनले भनिन् ।

तर, बस्ती फिनिसिङ गर्न श्वेतालाई अझै साढे चार करोड अपुग छ । घरहरु बने पनि बाटो, ढल, पानी, बिजुली लगायतको काम बाँकी छन् । अपुग रकम जुटाउन श्वेताले आर्थिक संकलनको प्रयत्न गरिरहेकी छन् । साथै बस्ती निर्माण गर्दा फाउन्डेसनलाई करिब एक करोड ऋण पनि लागेको श्वेताले बताइन् ।

‘सहयोगको आश्वासनहरु पाइरहेकी छु, म पूर्ण विश्वस्त छु चाँडोभन्दा चाँडो आर्थिक स्रोत जुटाएर बस्ती निर्माण सम्पन्न गर्नेछु,’ उनले भनिन् । उक्त बस्तीलाई होमस्टेका रुपमा विकास गर्न चाहेको श्वेताले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...