सुस्ता र कालापानीमा भारतको दादागिरी छ : झलनाथ खनाल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेपाल–भारत सीमा क्षेत्र सुस्ता र कालापानीमा बैज्ञानिक ढङ्गले सीमाकंन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

‘सुस्तामा अझैसम्म सीमा अंकित गरेका छैनौं । कालापानीमा हाम्रो सिमाना अंकित भएको छैन । ती सीमाहरु अंकित गर्दा उन्नत प्रविधि प्रयोग गर्नुपर्छ’ सातौं राष्ट्रिय विज्ञान दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेता खनालले भने ।

सीमा अंकित गर्दा कसैले सीमा स्तम्भ सार्दैमा वा निकाल्दैमा नसर्ने हुनाले प्रंविधिको प्रयोगबाट सीमा अंकित गर्नुंपर्ने उनको भनाइ छ । विवादित ठाउँमा प्रविधिको प्रयोगमार्र्फत सीमा अंकित गर्नुपर्ने खनालले बताए ।

‘प्रविधिको विकास ‘राणा र पञ्चायतले रोक्यो’

वरिष्ठ नेता खनालले राणा र पञ्चायतले विज्ञान र प्रविधिको विकासलाई रोकेका कारण नेपाल पछाडि परेको टिप्पणी गरेका छन् । ‘राणाहरुले विज्ञानलाई महत्व दिँदैनथे । पञ्चायतले जनतालाई सूचनाको पहुँचमै जान दिएन । पछि राजतन्त्रले पनि नेपाललाई विज्ञान र प्रविधिको विकासमा अगाडि बढाउन बाधा पुर्यायो’ नेता खनालले भने ।

अहिले राजनीतिक, समाजिक र सूचनाको चेतनामा नेपाल अगाडि बढिसकेको उल्लेख गर्दै खनालले भने ‘अब ज्ञानको शासन व्यवस्था सुरु भएको छ । हामी विज्ञानको क्षेत्रमा प्रगति गर्न सक्छौं । अरुले गरेका विकासबाट पनि लाभ लिन सक्छौं ।’ उनले कृषि उत्पादन बढाउन, विभिन्न रोगको निदान गर्न, मौसमको सही अनुमानका लागि समेत नयाँ प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिए ।

क्यालेण्डर बनाउँछौं : शिक्षा मन्त्री पोखरेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरराजमणि पोख्रेलले क्यालेण्डर बनाएरै विज्ञान र प्रविधिको विकासमा लाग्ने प्रतिवद्धता जनाए । ‘विज्ञान र प्रविधिको विकास सरकारको उच्च प्राथमिकतामा छ । यसलाई क्यालेण्डर बनाएरै अगाडि बढाउन मन्त्रालय तयार छ’ उनले भने ।

नेपाली जीवन पद्धतीलाई नै वैज्ञानिक बनाउन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पोखरेल भन्छन्, ‘रुढीवादी सोचलाई रोक्न पनि वैज्ञानिक जीवनपद्धती आवश्यक हुन्छ । त्यसका लागि अभियानै पनि चलाउनुपर्ने हुन सक्छ ।’

एसईईको नजितामा गणित र विज्ञान विषयमा विद्यार्थीहरु कमजोर देखिएको उल्लेख गर्दै भन्दै पोखरेलले विद्यालय तहमै गणित र विज्ञानप्रति बिद्यार्थीमा रुची बढाउनुपर्नेमा त्यसो गर्न नसकिएको स्वीकार गरे । ‘घर जगदेखि नै बलियो बनाउने हो । यसमा सचेत छौं र विद्यालय तहदेखि नै यसमा केही गर्ने योजना बनाएका छौं’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...